भन्सार छलेर लुकाइ राखेका करीब १५ लाख बराबरको कपडा बरामत ।

0
349

२० भदौ, वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताले भन्सार छलेर लुकाइ राखेको अवस्थामा १५ लाख बराबरको बिभिन्न कपडा बरामत गरेको छ । सुराकीको आधारमा इन्स्पेक्टर अनिष कर्ण नेतृत्वको बिशेष टोलीले वीरगञ्ज ५ स्थित उमाशंकर पण्डितको घरमा रहेको गोदाममा रहेको अबैध कपडा बरामत गरेको हो ।

बरामत कपडाहरुको लिलामी प्रक्रिया र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जनाईएको छ ।