नेपालबाट पानी पार्ने मनसुनी हावा पूरै बाहिरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन हिजो असोज २४ गते (२०२५ अक्टोबर १० तरिख) देखि पूरै नेपालबाट बाहिरिसकेको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
बरु दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ।
यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
महाशाखाकाअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १४।५ डिग्री सेल्सियसमा झरेको हो।
