संसद भवनको प्रमुख गेट मै वाम गठबन्धनको मञ्च ?

0
272

मंसिर १२,काठमाडौं ।  बानेश्वर स्थित  व्यवस्थापिका संसद भवन छिर्ने गेटकै अगाडि सडक अबरुद्ध पारेर वाम गठबन्धनले आचार संहिता उल्लंघन गरेका  छन्।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार अनिल शर्माका कार्यकर्ताहरुले मंगलबार नयाँ बानेश्वरको वीच सडकमै मञ्च बनाएका छन्।उक्त  सभामा केपी ओली र प्रचण्ड आउने भनिएको छ । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रमका लागि संसद् भवनको २ नम्बर गेट अगाडि मञ्च बनाइएको छ ।

नयाँ बानेश्वरबाट पुरानो बानेश्वर र अनामनगर जाने सवारीसाधन चल्न सकेका छैनन् । सवारी नचल्दा सर्वसाधारण सास्तीमा छन् ।