२०८२ आश्विन ३१ गते शुक्रबार
२०८२ आश्विन ३१ गते शुक्रबार

राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई सरकारले फिर्ता बोलायो

काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

फिर्ता हुने राजदूतहरूमा डा. कृष्ण प्रसाद ओली-चीन, लोकदर्शन रेग्मी-अमेरिका, चन्द्र घिमिरे-बेलायत, नेत्र तिम्सिना-मलेसिया, शैल रुपाखेती-जर्मनी, धनप्रसाद पण्डित-इजरायल, जंगप्रसाद चौहान-रुस, सनिल नेपाल-स्पेन, रमेशचन्द्र पौडेल-कतार, नरेशविक्रम ढकाल-साउदी र दुर्गावहादुर सुवेदी,जापान छन् । 

उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको पनि उनले बताएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।