५१ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस मनाईदै ।

0
275

२३ भदौ , काठमान्डौँ । ५१ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । नेपालमा यो बर्ष ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नारा तय गरिएको छ । दिवशका अवसरमा शिक्षा मन्त्रालयले विद्याभूषण तथा नेपाल छात्रा विद्यापदक प्रदान गर्ने जनाईएको छ । यो बर्ष ३ सय ५२ जनालाई सो पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ । राष्ट्रपति भवन शितलनिवासमा विशेष समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले क श्रेणीका २ सय १५ जना, ख श्रेणीका ८२ जना, ग श्रेणीका २्८ जना लाई विद्याभूणण पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । यस्तै स्नातक तह अन्तर्गत छात्रातर्फ २४ जना र प्रमाणपत्र तह अन्तर्गतका छात्रातर्फ ३ जनालाई विद्यापदक प्रदान गरिने मन्त्रालयकी सूचना अधिकृत सरस्वती पोखरेलले जानकारी दिईन । यसैबीच दिवशका अवसरमा मन्त्रालयद्वारा उत्कृष्ट घोषित शैक्षिक संस्थालाई दिइने राष्ट्रिय एवं प्रदेश पुरस्कार वितरण कार्यक्रम भने स्थगन भएको छ ।

पुरस्कार छनोट बारेको रिट निवेदनमा पुनरावेदन उच्च अदालत पाटनले गत बुधबार कार्यक्रम तत्काल कार्यक्रम नगर्न भन्दै अन्तरिम आदेश दिएपछि अर्को सूचना नआएसम्मका लागि स्थगन भएको पोखरेलले बताईन । यद्यपी प्रज्ञा प्रतिस्थानमा दिउँसो १ बजे मन्त्रालयले बिशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने बताइएको छ ।