२०८२ फाल्गुन २४ गते आईतवार
२०८२ फाल्गुन २४ गते आईतवार

अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप छनोटको उपाधि जितेको छ। शुक्रबार ओमान भएको सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई एक सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपाल अपराजित रहँदै उपाधि जितेको हो।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो। सामोआका सिन सोलियाले ४० तथा बेन माइलाटाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। नेपालका ललित राजवंशीले ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। सामोआसँगको खेलमा नेपालका दुई खेलाडी आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। आसिफ शेखले ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए ।

कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।