२०८२ कार्तिक २ गते आईतवार
२०८२ कार्तिक २ गते आईतवार

शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल सकिएको छ।

शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरू पनि सहभागी थिए। बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराए।  उनीहरूले यो भन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको पनि बताएका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।