प्रदेश नम्वर २ का उम्मेदवारहरुलाई आज चुनाव चिन्ह वितरण गरीदै ।

0
258

२४ भदौ काठमान्डौ । असोज २ गते हुने प्रदेश नम्वर २ को स्थानीय चुनावका लागि   निर्वाचन आयोगले  उम्मेदवारहरुलाई आज चुनाव चिन्ह वितरण गर्दैछ । बिहान ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

चुनाव चिन्ह पाएपछि उम्मेदवारले प्रचारलाई अझै तीब्र बनाउने छन् । अहिले पनि प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ वटै स्थानीय तहमा बिहानैदेखि उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएका छन् । यसैबिच निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि कार्यतालिका हेरफेर गर्न समस्या पर्ने जनाएको छ ।