२०८३ जेष्ठ ७ गते बिहीबार
२०८३ जेष्ठ ७ गते बिहीबार

अमेरिका टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौं । लामो समय अमेरिकामा सांगीतिक प्रस्तुति दिएर स्वदेश फर्किएकी चर्चित गायिका एलिना चौहानले आयोजकप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत् एक मार्मिक पोस्ट लेख्दै उनले कलाकारलाई ‘नोकरझैँ व्यवहार’ गरिएको र ‘अपमान सहनुपरेको’ अनुभव सुनाएकी हुन् ।

 

यो टुर आफ्नो लागि ‘ठूलो सिकाइ’ बनेको उनको भनाइ छ । तीन महिना लामो अमेरिका भ्रमणपछि केही दिनअघि मात्र नेपाल फर्किएकी एलिनाले आयोजकको भूमिकामाथि प्रश्न उठाएकी छन् । उनले स्पष्ट शब्दमा लेखेकी छन्, ‘जस्तो छ, त्यस्तै भन्छु- यो टुर मेरो लागि ठुलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो ।’

एलिनाले आयोजकलाई कलाकारको ‘मालिक’ नभई ‘संरक्षक’ हुनुपर्नेमा जोड दिएकी छन् । उनले थपेकी छन्, ‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ ।’

 

उनले आफ्नो अनुभवबाट धेरै कुरा सिकेको बताउँदै भविष्यमा कुनै पनि कलाकारले यस्तो अपमान भोग्न नपरोस् भन्ने कामना गरेकी छन् । ‘नराम्रा अनुभवले धेरै कुरा सिकायो- अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्,’ उनले आफ्नो पोस्टमा उल्लेख गरेकी छन् ।

यसअघि पनि यसै समूहकी अर्की कलाकार कला लम्सालले आयोजकसँगको व्यवहारप्रति आक्रोश पोख्दै कार्यक्रम बिचमै छाडेर फर्किएकी थिइन् । एलिना, बद्री पंगेनी र प्रताप दाससँगै तीन महिना लामो कार्यक्रम सकाएर नेपाल फर्किएकी हुन् । अमेरिकामा रहँदा प्रताप दाससँगको सम्बन्धका विषयमा एलिना चर्चामा रहेकी थिइन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।