२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

दुर्गा प्रसाईंले तत्काल आन्दोलन नगरी सरकारसँग वार्तामा जाने सहमति जनाएका छन्।

छठपछि पुनः आन्दोलन गर्ने उद्घोष गरेका प्रसाईंले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँगको छलफलपछि आन्दोलन स्थगित गर्ने निर्णय लिएका हुन्।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा प्रहरी प्रमुख (एसएसपी)हरूले कात्तिक ९ गते संयुक्त छलफल गरी प्रसाईंसँग संवाद गरेका थिए। उक्त छलफलपछि प्रसाईं तत्काल आन्दोलन नगरी वार्ताको माध्यमबाट मागहरू राख्न सहमत भएका छन्।

बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा काठमाडौँका सीडीओ ईश्वरराज पौडेल, एसएसपी रमेश थापा, ललितपुरका सीडीओ सुमन घिमिरे, एसएसपी होविन्द्र बोगटी र भक्तपुरका सीडीओ नमराज घिमिरे सहभागी थिए।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईंले सबै कर्मचारीको तलब एक लाख रुपैयाँ बनाउनुपर्ने माग दोहोर्याएका थिए। तर, प्रशासन र प्रहरी अधिकारीहरूले आन्दोलनभन्दा संवादमार्फत माग राख्न सुझाव दिएपछि उनी गृहमन्त्री र प्रधानमन्त्रीसँग वार्तामा जान सहमत भएका हुन्।

उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीका अनुसार प्रसाईंले तत्काल प्रदर्शन नगर्ने प्रतिबद्धता जनाएका छन्। कार्कीले भने, “सुरक्षा चुनौती हिजोभन्दा फरक छ, बदलिएको परिस्थितिमा उनी आफ्ना कुरा संवादको टेबलमा राख्न सहमत हुनु भएको छ।”

छलफलमा सहभागी अधिकारीहरूका अनुसार प्रसाईंले वार्ताबाट माग पूरा नभए मंसिर दोस्रो साता मात्रै आन्दोलन गर्ने बताएका छन्। उनले ‘साइत हेरेर’ मंसिर दोस्रो साता आन्दोलनको मिति घोषणा गर्ने बताएका थिए।

पूर्वराजाको समर्थनमा तीनकुनेमा आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा भारत भागेका थिए। उनलाई प्रहरीले आसामबाट पक्राउ गरी राज्यविरुद्धको कसुरमा अनुसन्धान गरेको थियो।

काठमाडौँ । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने भएको छ । वार्ता भोलि (बुधबार) दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा हुने गरी तय भएको छ ।

निर्वाचनको वातावरण तयार पार्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् । स्रोतका अनुसार, विभिन्न ८/९ वटा समूहका जेनजी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री-मन्त्रीहरूसहितको त्रिपक्षीय वार्ता हुन लागेको हो ।

बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ-आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ ।

मंगलबार काठमाडौँमा आयोजना गरिएको एक पत्रकार सम्मेलन १० सेकेन्डमै सकिएको छ। संगीत बमले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।

तोकेको समयमा अर्थात् बिहान ११ बजे पत्रकारहरू स्थलमा पुगिसकेका थिए । तर सम्मेलन सुरु भएको केही क्षणमै सकियो। बमले ‘द गेम अफ लुसिफर’ भन्ने शीर्षकमा साङ्केतिक रूपमा विरोध जनाएका थिए ।

मञ्चमा आएर उनले दाहिने हातका दुई औँला ठड्याए र बाँकी औँला मोड्दै प्रतीकात्मक विरोध प्रदर्शन गरे । त्यसपछि कुनै वक्तव्य नदिई फर्किए । उनले पत्रकारहरूलाई समाचार तयार गर्न जिम्मा दिँदै कार्यक्रम त्यत्तिकै अन्त्य गरे ।

उनी सेतो परम्परागत पोसाकमा आएका थिए । दाहिने हातमा भी साइन (भिक्ट्री वा शान्ति चिह्न) देखाउँदै उनी मञ्चमा उभिएका थिए

 
 
 
 
 
 
 

 पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनाको राहदानी (पासपोर्ट) रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रेमराज सिलवालले मंगलबार रिट दायर गरेका हुन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली, लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेको थियो ।

मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन्।

उक्त निर्णय गैरकानुनी भएको, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको भन्दै रिट दायर भएको छ। रिटमा उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेश माग गरिएको छ। यो रिट सर्वोच्च प्रशासनले अध्ययनकै क्रममा रहेको बताएको छ।

काठमाडौँ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् ।

 

गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

 

यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर वेहोस भएका काठमाडौँ महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ ।

सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकको उद्धारमा सहजता भएको जनाइएको छ ।

काठमाडौं । लामो समय अमेरिकामा सांगीतिक प्रस्तुति दिएर स्वदेश फर्किएकी चर्चित गायिका एलिना चौहानले आयोजकप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत् एक मार्मिक पोस्ट लेख्दै उनले कलाकारलाई ‘नोकरझैँ व्यवहार’ गरिएको र ‘अपमान सहनुपरेको’ अनुभव सुनाएकी हुन् ।

 

यो टुर आफ्नो लागि ‘ठूलो सिकाइ’ बनेको उनको भनाइ छ । तीन महिना लामो अमेरिका भ्रमणपछि केही दिनअघि मात्र नेपाल फर्किएकी एलिनाले आयोजकको भूमिकामाथि प्रश्न उठाएकी छन् । उनले स्पष्ट शब्दमा लेखेकी छन्, ‘जस्तो छ, त्यस्तै भन्छु- यो टुर मेरो लागि ठुलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो ।’

एलिनाले आयोजकलाई कलाकारको ‘मालिक’ नभई ‘संरक्षक’ हुनुपर्नेमा जोड दिएकी छन् । उनले थपेकी छन्, ‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ ।’

 

उनले आफ्नो अनुभवबाट धेरै कुरा सिकेको बताउँदै भविष्यमा कुनै पनि कलाकारले यस्तो अपमान भोग्न नपरोस् भन्ने कामना गरेकी छन् । ‘नराम्रा अनुभवले धेरै कुरा सिकायो- अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्,’ उनले आफ्नो पोस्टमा उल्लेख गरेकी छन् ।

यसअघि पनि यसै समूहकी अर्की कलाकार कला लम्सालले आयोजकसँगको व्यवहारप्रति आक्रोश पोख्दै कार्यक्रम बिचमै छाडेर फर्किएकी थिइन् । एलिना, बद्री पंगेनी र प्रताप दाससँगै तीन महिना लामो कार्यक्रम सकाएर नेपाल फर्किएकी हुन् । अमेरिकामा रहँदा प्रताप दाससँगको सम्बन्धका विषयमा एलिना चर्चामा रहेकी थिइन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा थप उपचारका लागि गएराति सिंगापुर प्रस्थान गरेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार राति पत्नी डा. आरजु राणा देउवासहित ११ बजेको विमानमा सिंगापुर उडेका हुन् ।

 

देउवा दम्पती गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको कुटपिटबाट घाइते भएका थिए । घटनापश्चात करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका देउवाको घाउ बल्झिएपछि पुनः विदेशमा उपचार गराउनुपरेको हो ।

घटनाको गम्भीरता प्रकाश पार्दै कांग्रेसका तत्कालीन उपसभापति तथा हालका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समिति बैठकमा देउवाको गर्दनमा १२ टाँका लगाइएको जानकारी गराएका थिए । त्यसको झन्डै एक महिनापछि, अर्थात् असोज २८ गते मात्रै देउवा सार्वजनिक रूपमा देखा परेका थिए ।

काठमाडौं । सूर्यदेवको निष्ठापूर्वक पूजा आराधना गरिने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी गाईको दूध, फूल र जलले अर्घ्य दिएर छठ सम्पन्न गर्ने धार्मिक विधि छ । बिहानै घाटमा गरिने यो पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । यस क्रममा भक्तहरू कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्छन् ।

 

पृथ्वीमा जीवको सञ्चालन र संरक्षण जल तथा सूर्यबाटै हुने भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गरिन्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकामना पूरा भई इच्छित फल प्राप्त हुन्छ । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उनले जानकारी दिए ।

यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहित महिला-पुरुषले पतिको दीर्घायु तथा अविवाहितले सुयोग्य वर-वधू प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेहरूको सङ्ख्या पनि ठूलो छ । यो व्रतले मनले चिताएको कुरा पूरा हुने धेरै भक्तजनको विश्वास छ ।

 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको थियो । चतुर्थीमा स्नान गरी चोखो खाएर व्रत बस्ने चलन छ । यस दिनदेखि छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खाँदैनन् । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न भयो ।

मनोकामना पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ २०४६ सालपछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो । विसं २०६२ मा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक सुरु भएको हो ।

विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छाडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्य रूपमा छठ हुन थालेको छ ।

छठका लागि सोमबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलहरूमा उदाउँदो सूर्यलाई अर्घ्य दिई यस वर्षको छठ सम्पन्न भएको छठ समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताए । सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि राजधानीका छठघाटमा बर्तालुको भिड लागेको थियो । धेरै बर्तालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष सिंहले जानकारी दिए ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।

यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।

यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थान, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका केही भूभागमा भारी वर्षासहित उच्च भेगमा हिमपातको सम्भावना रहेका दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।