२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

नेपाली कम्युनिस्ट पार्टीले दियो दल दर्ताको निवेदन

काठमाडौं नेपाली राजनीतिमा नयाँ शक्तिको उदय भएको छ । विभिन्न १० वाम दल र समूहको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो ।

एकता घोषणाको भोलिपल्टै, बिहीबार आयोगमा निवेदन दर्ता गरेर नयाँ पार्टीले चुनावी मैदानमा होमिन आफू तयार रहेको संकेत दिएको छ । साविकका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका प्रमुख वाम घटकहरू एक भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरेका हुन् । 

नवगठित पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ निर्धारण गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘नेपाली कम्युनिस्ट पार्टी’ को दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले कात्तिक ३० भित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने प्रावधान छ । 

पार्टीका नेता शिव खकुरेलका अनुसार, दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित निवेदन बुझाइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।