२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

सुदन गुरुङको प्रश्न- ‘निकोलस मात्रै किन पक्राउ ? शक्तिशालीलाई नछुने ओली सरकारकै बाटोमा गृहमन्त्री ?’

काठमाडौँ । जेन जेड आन्दोलनका नेता सुदन गुरुङले निकोलस भुसाललाई पक्राउ गरिए पछिको घटनालाई लिएर गृहमन्त्रीको भूमिका र सरकारको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् – “निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ?”

 

उनले थप लेखेका छन्, “बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।”

निकोलस भुसाल पक्राउ परेपछि गुरुङको यस्तो अभिव्यक्तिले सरकारको निर्णयप्रति असन्तोष झल्काएको छ। सामाजिक सञ्जालमा उनको पोस्टले व्यापक प्रतिक्रिया पाएको छ, कतिपयले गुरुङको प्रश्नलाई उचित भनेका छन् भने केहीले त्यसलाई राजनीतिक आक्रोशको रूपमा लिएका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।