२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

दलका नेताको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले निर्वाचन गर्नेमा आशंका छ : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरूको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताएका छन् । 

अदालतमा आगो लगाउनेहरूबाट बनेको सरकारले निरन्तर रूपमा असंवैधानिक कार्य गरिरहेको ओलीको आरोप छ ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको बताउँदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद् भंग गरिएको आरोप लगाए ।

उनले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको  माग गरे । उनले देशव्यापी आन्दोलन गर्न लागेको बताए ।  ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जेन जेड आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ‘ड्रामा’ गरेको भन्दै आयोगको निर्णय मान्य नहुने बताए ।

निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका विषयमा अदालतले गरेको आदेशसमेत प्रधानमन्त्रीले उलंघन गरेको बताए । ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको समेत बताए ।  झलनाथ खनाल आफूसँग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसँग मिल्न गएको बताए ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।