२०८२ माघ १७ गते शनिबार
२०८२ माघ १७ गते शनिबार

आज मंसिर १५ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

रोजगारीको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ला । कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर सचेत रहनुहोला । आज को शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापार व्यवसायमा लाभ रहनेछ । प्रेम सम्बन्धलाई विवाहमा टुंग्याउन सक्नुहुनेछ । आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन् । नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

छरछिमेकीहरू सहयोगी सिद्ध हुनेछन् । सेवामूलक कार्यबाट मान प्रतिष्ठा पाइनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ । यात्राको प्रक्रिया अगाडि बढ्न सक्छ । शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ । उपलब्धिहीन कार्यमा समय व्यतीत हुनेछ । स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोला । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । विद्यार्थीहरूलाई आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने अवसर मिल्नेछ । खर्च लागे पनि नयाँ दिगो कार्यमा लगानी लगाउने अवसर प्राप्त हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

भविष्यको लागि काममा जग बसाउने अवसर मिल्नेछ । सामाजिक कार्यमा सहभागिताले हौसला प्रदान गर्नेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ लिन सकिएला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि विद्यार्थीहरूलाई पढाईको क्षेत्रमा गुरुजनहरूबाट सहयोग मिल्नेछ । बुद्धिको उपयोगले विवादास्पद समस्याहरू सुल्झाउन सकिनेछ । मनमा परोपकारको भावना जागृत हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

संवेदनशील विषयवस्तुमा आत्तिएर निर्णय नलिनुहोला । व्यापार विस्तारको लागि नयाँ लगानी लगाउनु पर्ला । आफन्तहरूबाट सहयोग मिल्नाले मनोबल उच्च रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

चिताएका काम समयमा सम्पादन गर्न सकिनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । तारिफयोग्य कामले अरुको मन जित्न सकिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नो क्षेत्रमा सकारात्मक प्रभाव जमाउन सकिनेछ । बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । आफन्तहरूबाट सोचेजस्तो सहयोग प्राप्त नहुनाले मनमा चिन्ता रहनेछ । आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पहिला बिगरिएका कार्य दोहोराएर प्रयत्न गर्दा राम्रो लाभ उठाउन सकिनेछ । अध्ययन र व्यापार व्यवसायमा सफलता मिल्नेछ । रमाइलो वा उत्साहजनक समय व्यतीत हनेुछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।