२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

गैरसंवैधानिक रूपमा यादवको नियुक्ति गरिएको भन्दै ७३ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देश आदेश गरेको हो ।

सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादवले अब तात्कालिक रूपमा प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुपर्नेछ । विश्वासको मत प्राप्त भएमा उनी पदमै कायम रहनेछन् भने, मत नपाए प्रदेशमा नयाँ राजनीतिक विकल्पको प्रक्रिया अघि बढाउने स्थिति आउनेछ ।

यसबाहेक अदालतले प्रदेश प्रमुखलाई संविधानको धारा १६८(२) अनुसार संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यदि वर्तमान मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरे प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण हुने मार्ग खुल्नेछ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुवा रामनारायण शाहको निधन भएको छ।

अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएको हो।

पिसाबमा संक्रमण भएर शरीरमा फैलिएसँगै उनी अस्पताल भर्ना भएका थिए। शाहलाई भेट्न आज बिहान मात्रै प्रधानमन्त्री सुशीला कार्की सिभिल पुगेकी थिइन्।

काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर रकम चोरी गर्ने, आगजनी गर्ने तथा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड गर्ने दुई जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ–६ बौद्धका ४२ का दावा शेर्पा र बूढानीलकण्ठ नगरपालिका–१२ का २९ वर्षीय रन्जित खड्गी रहेका छन् । क्यासिनोभित्र रहेको रकम चोरी गर्ने तथा संरचना तोडफोड र आगजनी गरी फरार रहेका उनीहरुलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेका दुवैमाथि चोरी तथा डाँकासम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

नेपालकी सक्रिय समाजसेवी तथा व्यवसायिक नेतृत्वकर्ता पुनम सिंह यादव भारतको प्रतिष्ठित “दादासाहेव फाल्के लाइफस्टाइल आइकनिक अवार्ड २०२५” बाट सम्मानित भएकी छन्।

मुम्बईको इस्कन जुहू अडिटेरियममा सम्पन्न छ छैटौँ “दादा साहेव अवार्डमा “गेष्ठ अफ हनर” को रूपमा “लाइफस्टाइल आइकनिक अवार्ड २०२५” बाट महत्वपूर्ण सम्मान प्राप्त गरेकी हुन्।

पुनम यादवका अनुसार स्वास्थ्यले साथ् नदिएपछि उनि अवार्ड कार्यक्रममा जान सकिनन्। कार्यक्रममा जान नसके पनि आफ्नो कर्मलाइ उचित ठाउँ दिएर सम्मान गरेकोमा आफुलाई धेरै खुसि लागेको बताइन भने भारत सरकारलाइ धन्यवाद पनि भनेकी छिन।

यो कार्यक्रम “दादासाहेव फाल्के आइकन अवार्ड फिल्म संस्था (DPIAF) अन्तर्गत आयोजित थियो, जसको नेतृत्व संस्थापक तथा अध्यक्ष कल्याणजी जानाले गरेका थिए। उक्त कार्यक्रममा भारतका चर्चित कलाकर्मी शाहरुख खान देखि सलमान खानसम्मको उपस्थित थियो।
नेपालका तर्फबाट यस श्रेणीको Dadasaheb Phalke Lifestyle Iconic Award प्राप्त गर्ने सम्भवत: उनि पहिलो महिलाबनेकी छिन। 

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा हाल ‘उज्यालो नेपाल पार्टी’ खोलेर राजनीतिमा सक्रिय कुलमान घिसिङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सँगको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।

तस्बिरसँगै कुलमानले लेखेका छन्, “देश बनाउने अभियानमा हामी सँगै छौं।”

बालेन शाहको सचिवालय स्रोतका अनुसार यो भेट शनिबार बालेनको निवासमै भएको थियो। दुवै नेताबीच देशको समसामयिक राजनीतिक अवस्था र विकासका एजेन्डामा छलफल भएको बुझिएको छ।

हालै मात्र उज्यालो नेपाल पार्टी घोषणा गरेका घिसिङ र स्वतन्त्र रूपमा निर्वाचित भई चर्चित बालेन शाहबीचको यो भेटलाई धेरैले आगामी दिनमा सम्भावित सहकार्यको सङ्केतको रूपमा हेरेका छन्।

कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ। सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो।​

नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवस्थित रूपादेवी माविले गणित विषय शिक्षकका लागि १८ पटकसम्म विज्ञापन गरे पनि पाउन सकेको छैन । अछामको रामारोसनसँग सिमाना जोडिएको दुर्गमको यो विद्यालयले सङ्घीय अनुदान कोटामा गत वर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९औँ पटकको विज्ञापन गरेको छ।

वैशाखयता १५–१५ दिनको फरकमा १८ औँ पटक विज्ञापन गर्दा पनि दर्खास्त परेन। विद्यालयका प्रधानाध्यापक (प्रअ) दानबहादुर बुढाले गणितका शिक्षक पाउनै मुस्किल भएको बताए।

गत कात्तिक ३० गते विद्यालयले १९ औँ पटक आवेदन आह्वान गरेको थियो तर अध्यापन अनुमतिपत्र (लाइसेन्स) भएको शिक्षक पाउन कठिनाइ भएको प्रअ बुढाको भनाइ छ।

९० प्रतिशत दलित समुदायको बसोबास रहेको उच्छवबाट नजिकको अर्को विद्यालय पुग्न दुई घण्टा जङ्गलको बाटो हिँड्नु पर्छ। विद्यालय टाढा भएपछि स्थानीयले मानापाथी उठाएर २०३५ सालमा स्थापना गरेको रूपादेवी विद्यालयमा बाल विकासदेखि १० कक्षासम्म ३७५ जना विद्यार्थी अध्यानरत छन्।

तीन प्रावि स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान, निजी स्रोत गरी १३ जना शिक्षक कार्यरत छन्।

यस्तै शुभकालिका गाउँपालिका–२, बालाचौरस्थित कालिका माविले अघिल्लो शैक्षिक सत्रका लागि मावि तह विज्ञान विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन गर्दासम्म अध्यापन अनुमतिपत्र भएको एक जनाले पनि दर्खास्त दिएनन्।

पटक पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएपछि बिनालाइसेन्सको विज्ञान शिक्षक भर्ना गरेर विद्यालयले अध्यापन गराउँदै आएको छ। गोरखापत्र दैनिकमा समाचार छ

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ ।

 

विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो ।

घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो । विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रुपमा परिभाषित गरेको थियो ।

 

एक पटकमा रु तीन करोड भन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरेको थियो । घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ ।

विभागले गत शुक्रबारदेखि लागू हुने गरी आवेदनको म्याद थप गरिएको जनाएको हो । विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रकाशित सूचनाअनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो ।

विभागका अनुसार गत कात्तिकमा घरजग्गा कारोबारबाट रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व सङ्कलन भएको थियो । त्यसैगरी सेवा कर रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्टे«शन शुल्क रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४, पूँजीगत लाभकर रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ बराबर सङ्कलन भएको थियो ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

रोजगारीको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ला । कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर सचेत रहनुहोला । आज को शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापार व्यवसायमा लाभ रहनेछ । प्रेम सम्बन्धलाई विवाहमा टुंग्याउन सक्नुहुनेछ । आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन् । नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

छरछिमेकीहरू सहयोगी सिद्ध हुनेछन् । सेवामूलक कार्यबाट मान प्रतिष्ठा पाइनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ । यात्राको प्रक्रिया अगाडि बढ्न सक्छ । शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ । उपलब्धिहीन कार्यमा समय व्यतीत हुनेछ । स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोला । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । विद्यार्थीहरूलाई आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने अवसर मिल्नेछ । खर्च लागे पनि नयाँ दिगो कार्यमा लगानी लगाउने अवसर प्राप्त हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

भविष्यको लागि काममा जग बसाउने अवसर मिल्नेछ । सामाजिक कार्यमा सहभागिताले हौसला प्रदान गर्नेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ लिन सकिएला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि विद्यार्थीहरूलाई पढाईको क्षेत्रमा गुरुजनहरूबाट सहयोग मिल्नेछ । बुद्धिको उपयोगले विवादास्पद समस्याहरू सुल्झाउन सकिनेछ । मनमा परोपकारको भावना जागृत हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

संवेदनशील विषयवस्तुमा आत्तिएर निर्णय नलिनुहोला । व्यापार विस्तारको लागि नयाँ लगानी लगाउनु पर्ला । आफन्तहरूबाट सहयोग मिल्नाले मनोबल उच्च रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

चिताएका काम समयमा सम्पादन गर्न सकिनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । तारिफयोग्य कामले अरुको मन जित्न सकिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नो क्षेत्रमा सकारात्मक प्रभाव जमाउन सकिनेछ । बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । आफन्तहरूबाट सोचेजस्तो सहयोग प्राप्त नहुनाले मनमा चिन्ता रहनेछ । आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पहिला बिगरिएका कार्य दोहोराएर प्रयत्न गर्दा राम्रो लाभ उठाउन सकिनेछ । अध्ययन र व्यापार व्यवसायमा सफलता मिल्नेछ । रमाइलो वा उत्साहजनक समय व्यतीत हनेुछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।