२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

एडमको शतकमा पोखराको जित, कर्णाली ‘प्लेअफ’बाट बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लगातार चौथो हार व्यहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

गत सिजन प्ले अफ खेलेको कर्णालीले एनपीएलमा लगातार चौथो हार व्यहोर्दै एक खेल अगावै प्लेअफ दौडबाट बाहिरिएको हो । मंगलबार भएको खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो ।

लिग चरणको पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनको हार भोगेको कर्णालीले चौथो खेलमा विराटनगर किंग्ससँग तीन विकेटको हार व्यहोरेको थियो ।

लिग चरणको पाँचौँ खेलमा काठमाडौंसँग पनि कर्णाली पाँच विकेटले नै पराजित भएको थियो । अब लिग चरणको अन्तिम खेलमा कर्णालीले जनकपुर बोल्ट्सविरुद्ध खेल्नेछ ।

यता कर्णालीलाई पराजित गरेसँगै पोखराको प्लेअफ सम्भावना कायमै छ । पोखराले अब चितवन राइनोज र काठमाडौं गोर्खाजसँग खेल्नेछ ।

लिग चरणमा पोखरा लुम्बिनी लायन्ससँग तीन विकेटले पराजित हुँदा जनकपुरलाई २५ रनले हराएको थियो । सुदूररपश्चिमसँग १८ तथा विराटनगरसँग ५३ रनले पराजित भएको थियो । कर्णालीलाई हराएपछि तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै पोखरा चार अङ्कमा पाँचौँ स्थानमा उक्लेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।