काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी १५ औँ महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा पत्रकार निमेष बञ्जाडेसँगको अन्तर्वार्तामा उनले आफू सभापति पदका उम्मेदवार हुने घोषणा गरे ।
कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो ।
सो कार्यतालिका सार्वजनिक भएसँगै महामन्त्री थापाले औपचारिक रूपमा नेतृत्वमा उठ्ने घोषणा गरेका हुन् ।
‘म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ थापाले अन्तर्वार्तामा भने, ‘मलाई विश्वास छ नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले यस ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ ।’







