२०८३ जेष्ठ ३१ गते आईतवार
२०८३ जेष्ठ ३१ गते आईतवार

आज मंसिर २३ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक सद्भावमा कमी आउनेछ । कृषि वा पशुपालनबाट राम्रो लाभार्जन गर्न सकिनेछ । कुनै कुरालाई लिएर मनमा मानसिक चिन्ता रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफन्त वा मित्रवर्गहरूबाट सहयोग मिल्नेछ । स्वास्थ्य सबल रहनेछ । सानो दूरीको सुखद यात्राको योग छ । पराक्रमबाट शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिठो बोलीको सकारात्मक प्रभाव पर्नेछ । आफन्तहरू मध्य उत्तम भोजनको आनन्द मिल्ला । व्यापार व्यवसायमा सहयोगीहरूबाट सहयोग मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अक ३ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामाजिक कार्यको लागि दिन अनुकूल रहनेछ । नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । मन प्रसन्न रहनेछ । महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अनावश्यक यात्रामा धन खर्चका योग छन् । व्यर्थको काममा समय व्यतीत हुनेछ । कार्यक्षेत्रमा नयाँ अवसर पााउन सङ्घर्ष गर्नुपर्ला । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ । सन्तानको प्रसिद्धिले मन उत्साहित रहनेछ । नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन् । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मानसम्मानमा वृद्धि हुनेछ । नयाँ कार्यप्रति मन जानेछ । प्रशासनिक वा राज्य पक्षबाट सहयोग मिल्नेछ । सोचेका कामहरू बन्नेछन् । आजको शुभ रंग सेतो हो भने शुभ अक ७ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक स्थलहरूमा भ्रमणका साथै केही परोपकार गर्न सक्नुहुनेछ । भाग्य सबल रहनेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ । नयाँ कार्यमा रूचि उत्पन्न हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अक ४ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मन अशान्त रहनेछ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । खोजी स्वभावले ठूलो समस्याबाट बचिएला । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ । संवेदनशील मामलाहरूमा सफलता मिल्नेछ । कानुनी पक्ष सबल रहनेछ । कार्यक्षेत्रमा नयाँ सम्झौता गर्नुपर्ला । आजको शुभ रातो हो भने शुभ अंक ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् । अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला । लगनशीलताले कार्यमा सफलता पाइनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रेममा सफलता मिल्नेछ । मनमा परोपकारको भावना जागृत हुनेछ । सृजनात्मक वा कलात्मक क्षेत्रतिर मन जानेछ । विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।