
काठमाडौं- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरपालिकाको टोली काठमाडौं आएको छ। महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोली काठमाडौं आएको हो।
महानगरपालिका प्रमुख दाहालका अनुसार टोलीले आज प्रधानमन्त्री, अर्थमन्त्री एवं युवा तथा खेलकुदमन्त्री, मुख्यसचिव, मन्त्रालयका सचिवहरूलाई भेटेर रंगशालाको रकम भुक्तानी सहजीकरणका लागि छलफल गर्नेछ। महानगरपालिकालाई अप्ठ्यारो नपर्ने गरी जतिसक्दो चाँडो भुक्तानी गर्न आवश्यक सहजीकरणका लागि अनुरोध गर्ने उनले जानकारी दिइन्।
धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ। संघस्य सरकारले १५ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि भुक्तानी प्रक्रिया नमिल्दा फाउण्डेशनले रकम पाउन सकेको छैन।
महानगर प्रमुख दाहालले भनिन्, ‘हामी यथासक्य छिटो भुक्तानी गर्न चाहन्छौँ। प्रक्रियामा सहजीकरण गरिदिनुपर्यो।’
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फाउण्डेशनलाई रकम भुक्तानी गर्न चाहेको तर ऐन कानुनका कारण असहज भएको बताए।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संघीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई १५ करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताए। सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छ्ट्युाएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐनअनुसार मात्र खर्च गर्न मिल्ने उनले बताए।
उनले सो बजेट अनुदानका रुपमा प्राप्त नगरेकाले भुक्तानीमा नीतिगत अन्योल भएको बताए। उनले भने, ‘फाउण्डेशन मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको संस्था नभएको र सार्वजनिक खरिद ऐनअनुसार रकम भुक्तानी गर्दा भ्याट तिर्नुपर्ने भएकाले यो विषय अड्किएको हो।’
महानगरकै आग्रहमा फाउण्डेशनले रंगशाला बनाएको र नसकेपछि जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको थियो। फाउण्डेशनले छोडेपछि वि.सं. २०८० कात्तिक २१ मा भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच मिलेर रंगशाला निर्माण अगाडि बढाउने सहमति भएको थियो। सो सहमतिपछि संघीय सरकारले यो रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो।
फाउण्डेशनले हस्तान्तरण गरेको निर्माण महानगरले वि.सं. २०८१ को असारदेखि अगाडि बढाइसकेको छ। हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ। फाउण्डेशनले ५७ करोड १२ लाख रुपैयाँबराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ। जसमध्ये १८ करोड ४३ लाख रुपैयाँ उधारो रहेको जनाइएको छ।
फाउण्डेशनले वि.सं. २०७५ माघ १६ मा काठमाडौंमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो। त्यसलगत्तै फाउण्डेशन र भरतपुर महानगरबीच रंगशाला निर्माणको सम्झौता भएको थियो। जसमा महानगरले जग्गा उपलब्ध गराउनुपर्ने, उक्त जग्गामा रंगशाला बनाउन अनुमानित रु तीन अर्ब लाग्ने र त्यो खर्च फाउण्डेशनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संस्था, सबै निकायसँग आह्वान गरी नगद या जिन्सी सहयोग लिने उल्लेख छ।
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर बोल्ट्सविरुद्ध सहज जित निकाल्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४ ओभर १ बलमा ७८ रनमै सीमित भयो । सुदूरपश्चिले ७७ रनको सहज जित निकाल्यो ।
विराटनगरले बनाएको ७८ रन सिजनकै सबैभन्दा कमजोर हो । यसअघि लिग चरणको १५ औं खेलमा काठमाडौं गोर्खाजले लिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ८९ रन बनाएको थियो ।
विराटनगरले लिग चरणमा सुदूरपश्चिमलाई जितेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । सुदूरपश्चिमले उक्त हारको बदला लिएको छ ।
विराटनगरले अब इलिमिनेटरमा काठमाडौं गोर्खाजका र लुम्बिनी लायन्सबीचको खेलको विजेतासँग दोस्रो क्वालिफयरमा प्रतिस्पर्धा गर्न पाउनेछ । सो खेल जितेमा फाइनलमा फेरि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्न पाउनेछ । अर्थात्, विराटनगरको फाइनल खेल्न सम्भावना कायमै छ ।
यस जितको निर्णायक सुदूरपश्चिमका ओपनर ब्याटर बिनोद भण्डारी बने । उनले ५२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६३ रन जोड्दै इनिङ उकासेका थिए । उनले १८ ओभरको अन्तिम बलसम्म क्रिजमा टिके ।
उनलै ब्याटिङ उकास्दा सुदूरपश्चिम ७ विकेटको क्षतिमा १५५ रनको अवस्थामा पुगेको थियो । यसका लागि शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे । हर्मितले १४ रन ओपनर मुख्तार अहमदले १० रन जोडे ।
जवाफी ब्याटिङमा उत्रिको विराटनगरका ओपनर साम हिजलेट गोल्डेन डक आउट भए । अर्का खेलाडी नरेन भट्ट डक आउट भए ।
पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका मार्टिन गुप्टिल पनि सस्तैमा आउट भए । ३ बलमा ३ रन बनाएर उनी रन आउट भए ।
विराटनगरका फाप डुप्लेसीले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बसिर अहमदले १२ र मर्चेन्टडी ल्याङ्गेले १५ रन जोडे । अन्य ब्याटरहरुले दोहोरो रन बनाउन सकेनन् ।
पहिलो ओभरमा २ विकेट गुमाएको विराटनगरले पछिसम्मै ब्याटिङमा लय समात्न सकेन ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइजन, हर्मित सिंह र अभिनाश बोहोराले समान २–२ विकेट लिए । हेमन्त धामीले र कप्तान दीपेन्द्रसिंह ऐरीले सामान १–१ विकेट लिए । विराटनगरका मार्टिन गुप्टिल र प्रतीस जीसी रन आउट भएका हुन् ।
कुगेलेइजनले विराटनगरका ओपनर साम हिजलेटको महत्त्वपूर्ण विकेट लिए । हेमन्त धामीले अर्का ओपनर तथा सर्वाधिक रन बनाउने डुप्लेसीको विकेट लिए ।
टिओबी गुप्रका नेता तेञ्जीङ दावा लामा धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामाविरुद्ध विभिन्न ४ कसूरमा मुद्दा दर्ता गरिएको थियो। उनीविरुद्ध अनुसन्धान सकाएर प्रहरीले सोमबारमात्रै मुद्दा दर्ता गरेको थियो। अदालतको आदेशलगत्तै उनी ५ लाख २० हजार धरौटी बुझाएर थुनामुक्त भएका छन्।
प्रहरीले तेन्जिङविरुद्ध नागरिकता, राहदानी, लिखतसम्बन्धी कसूर र लागुऔषध मुद्दामा अनुसन्धान गरेको थियो। सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो। तेन्जिङ तिब्बतीयन मूलका हुन्। उनले नक्कली नेपाली नागरिकता, पासपोर्ट, जन्मदर्तालगायत अन्य कागजात बनाएका छन्।
२०१७ मा तेन्जिङले बौद्धमा ‘टिओबी ट्याटु हाउस’ खोलेका थिए। जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा बुलेट मोटरसाइकल हुइँक्याएर तेन्जिङको समूहले अराजकता मच्चाएको थियो। टिओबी समूहमा ५७ जना सक्रिय सदस्य छन्। अनुसन्धानको क्रममा विभिन्न ठाउँमा घुम्न जाने समूहको रूपमा टिओबीको सुरुवात भएको थियो। टिओबीको अर्थ ‘तिब्बतीयन ओर्जिनल ब्लड’ भनिएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्म सार्वजनिक भएका सबै काण्ड र २०४६ यताका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पुनः दोहोर्याएका छन् ।
भ्रष्टाचार विरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले लेखेका छन्,’प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको माग मैले संसद्को रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु।’
उनले थपे,’म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौँ। सुशासनका पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्त्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ। तर पनि त्यो अवधिमा सुशासनका धेरै मानकहरू स्थापित भए।’
प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान नभई निरन्तरको सङ्घर्ष भएको पनि बताए। यो दिवसले सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति सबैलाई थप जिम्मेवार बनाउने तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई सशक्त बनाउने विश्वास दिलाउनेमा उनको विश्वास छ ।
सुख दुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पत्तिले दुई छोराहरुलाई सिठोपिठो ख्वाएरै भएपनि पढाइरहेका थिए ।
दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पत्ति लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाएका थिए ।
‘जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र’, बुद्धिमायाले भदौ २३ गते सम्झँदै भनिन्, ‘त्यही दिन हाम्रो जीवनमा अन्धकार बनेर आयो । त्यसयता केही सोच्नै सकिरहेकी छैन ।’
दिलनारायण डकर्मीको रुपमा मजदुरी गर्थे । छोराहरु निशान र सोहन कोठा नजिकैको श्रीशान्ति विद्याश्रममा पढ्थे । गएको वर्षदेखिमात्रै बुद्धिमायाले थापाथलीस्थित एक कम्पनीको कार्यालयमा सहयोगीको काम पाएकी थिइन् । सानै भएपनि श्रीमतीलाई रोजगारी मिलेपछि दिलनारायणको सपना पनि विस्तारै फूल्दो थियो ।
गत भदौ २३ गतेका दिन दिलनारायणको कतै मजदुरीमा जानुपर्ने थिएन । काम नभएकाले घरमै थिए । छोरा सोहनको जुत्ता फाटेकाले बिहानै नयाँ किनेर ल्याइदिए। त्यसपछि बुद्धिमायालाई खाना पकाएर टिफिन बट्टामा हालिदिइन् । श्रीमती टिफिन लिएर अफिस हिँडेसँगै उहाँले छोराहरुलाई खाना खुवाएर विद्यालय पुर्याइन् ।
बानेश्वरमा जेनजीले भ्रष्टाचारको विरोध, सुशासन, राजनीतिमा पुस्तान्तरण र निष्क्रिय तुल्याइएको सामाजिक सञ्जाल सञ्चालनको माग राखी विरोध प्रदर्शनी गरिरहेको थियो । आन्दोलनबारे थाहा पाएपछि बुद्धिमायाले फोन गरेर ‘छोराहरुलाई त्यहाँ जान नदिनु है, आफू पनि नजानु’, भनिन् ।
छोराहरु स्कुलमै रहेकाले जाने कुरै भएन । बरु उल्टै प्रदर्शनीमा सामेल हुन दिलनारायण नयाँ बानेश्वर पुगे । ठिक त्यहीबेला प्रहरी र आन्दोलनकारीबिच झडप भइरहेको थियो । गोली चल्यो । सोही क्रममा दिलनारायणलाई पनि प्रहरीले चलाएको गोली घाँटीमा लाग्यो । जुन गोली उनको कुम हुँदै बाहिरियो । दिलनारायण त्यहीँ ढले ।
एक्कासि मध्याह्न ३ बजे तिर श्रीमान्कै मोबाइलबाट तुरुन्त अस्पताल आउनु भनेर बुद्धिमायालाई फोन आयो । अनि उनी आत्तिँदै अस्पताल पुगिन् । त्यहाँ विनोद महर्जन र योगेन्द्र न्यौपानेसँगै उनको पनि शव रहेछ । उनले श्रीमान्को शव हेर्न सकिनन् । ‘त्यसपछि म आफैँ बेहोसझैँ भएछु’, उनले भनिन्, ‘मैले जहाँ नजानु भनेको थिएँ, उहाँ त्यहीँ पुग्नुभएछ ।’
मजदुरी गरे पनि दिलनारायण राजनीतिक रुपमा सचेत थिए । ज्ञानबहादुर र चिनीमायाका जेठा छोरा दिलनारायण सानैदेखि आँटिलो थिए । तत्कालीन् नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्धमा जनसेनाका रुपमा जनयुद्धमा होमिएका उनी विस्तृत शान्ति सम्झौतापश्चात् वैदेशिक रोजगारीमा ओमान गएका थिए ।
बुद्धिमाया पनि भैरहवा-सुनौली हुँदै दिल्लीबाट घरेलु कामदारका रुपमा ओमान पुगेकी थिइन् । त्यहीँ भेटघाटका क्रममा बुद्धिमायासँग दिलनारायणको चिनजान भयो । त्यही चिनजान प्रेममा परिणत भयो ।
होची कदकी बुद्धिमाया अग्लो, बलियो र साहसिक युवा दिलनारायणप्रति आकर्षित भइन् । अनि झागिँदै गएको प्रेमसम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्ने निधो गरे । दुवै जना नेपाल फर्किए । काभ्रेका दिलनारायण र सिन्धुपाल्चोककी बुद्धिमायाबिच विवाह भयो । दुई छोरा जन्मिए ।
गाउँको अन्नपातले वर्षदिन खान लाउन र छोराछोरी पढाउन कठिन भएपछि उनीहरु कामठाडौँ सहर पसेका थिए । तर आफूसँगै बालबच्चाको भविष्य खोज्दै सहर छिरेको एक दशकपछि दिलनारायणले देशका लागि ज्यान गुमाए ।
आन्दोलन भनेपछि होमिइहाल्ने स्वभावका तामाङ श्रीमतीले आन्दोलनमा नजानुभन्दा ‘किन डराउने र देशका लागि ज्यान दिनुपर्छ’ भन्ने जवाफ दिएका थिए । देशका राजनीतिक गतिविधि समेटिएका समाचार हेर्ने र सुन्ने शहीद तामाङको स्वभावले खरो र देशभक्ति उँचो थियो ।
बुद्धिमायाले भक्कानिँदै भनिन्, ‘हरेक पलपल उहाँको याद आउँछ । घरायसी कामकाजसँगै खाना पकाउने मात्र होइन, लुगा पनि उहाँले नै धोइदिनुहुन्थ्यो । त्यो दिन पनि लुगा धुनुभएको रहेछ ।’
अब भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गराउने सन्दर्भमा पुनः यस्तो आन्दोलन गर्न नपरोस् भन्दै उनले भनिन्, ‘देशको भाग्य र भविष्य परिवर्तन होस्, राम्रो होस्, हाम्रा जस्तो दुःख अरूले भोग्न नपरोस् ।’ ओमानमा जोडिएको दिलनारायण र बुद्धिमायाको प्रेम बानेश्वरमा चलेको गोलीले सधैँका लागि टुटायो ।
शहीद भएकै दिन नयाँ जुत्ता किनेर ल्याउनुभएका दिलनारायणलाई उनका छोरा सोहनले बिर्सने कुरै भएन । ‘राम्रोसँग पढ, डाक्टर हुनुपर्छ’, भनेर बुबाले भनेकाे वाक्य अझै सोहनको कानमा गुन्जिरहेको छ ।
दिलनारायणलाई सम्झँदै दाजु विद्यासागरले भने, ‘च्यासलमा पछिल्लो समय डकर्मीको काम गर्थ्यो , साहसिलो र निडर स्वभाव भएकाले सङ्कटकालमा माओवादी लडाकु भएर युद्ध लडेको थियो ।’
जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की सरकारले दिलनारायणसहित आन्दोलनमा सहादत गरेका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ । शहीद घोषणा गरेपछि परिवारलाई दिइने १५ लाख र काजक्रिया बापतको रकम उनले प्राप्त गरेकी छन् ।
उक्त रकम मात्र शहीद परिवारका लागि पर्याप्त होइन । शहीदका सपना पूरा गर्दै दिलनारायणजस्तै शहीद परिवारको भविष्यबारे पनि सरकारले सोच्नुपर्ने छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताएकी छन् ।
भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
उनले अहिलेको सरकार सुशासनको माग राखी भएको जेन–जी आन्दोलनको जगमा बनेको सरकार भएको बताए । सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको उनको दाबी छ । जेन–जी का माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ने भएपनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताइन् ।
यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको बताइन् । यस दिशामा चालिएका कदमबाट आत्तिएर कतिपयले प्रत्यक्ष वा परोक्षरुपमा धम्की दिएको बताइन् ।
उनले भनिन् ‘यो सरकार चुनावी सरकार मात्र होइन। सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ । जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् । यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ। सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्दछु ।’
उनले आफूहरू कसैको धम्कीबाट नडराउने भन्दै सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न निर्देशन दिइन् ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले त्यस्ता ठेक्कामा भने कुनै कारवाही नगरेको बताउँदै मन्त्री घिसिङले छानबिन गरिने उनको भनाइ छ।
‘आयोजनाको तर्फबाट पनि रुग्ण भएका ठेक्का धेरै छन् । त्यस्तालाई पनि कारवाही गर्नुपर्छ, ’उनले भने, ’अहिले जति पनि ठेक्का तोडिएको छ र तोडिँदै छन् । त्यस्ता ठेक्का निर्माण व्यवसायीकै कारण रुग्ण भएका हुन् । कर्मचारीको कारण रुग्ण भएको ठेक्कामा कुनै कारवाही अघि बढाइएको छैन । त्यसमा छानबिन गरेर सम्बन्धित कर्मचारीलाई कारवाही गर्नुपर्छ ।’
निर्माण व्यवसायीको कारण २५० हाराहारी ठेक्का रुग्ण भएको उनले बताए । यस्तै,उनले निर्माण व्यवसायी बिना देश विकास सम्भव नभएको बताए । यद्यपि,नेपालका निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उनले बताए ।
‘निर्माण व्यवसायी बिना ठुला काम सम्भव छैन । निर्माण व्यवसायी बिना देशको विकास सम्भव छैन । राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय होस्,’उनले भने, ‘निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय स्तरको काम गर्ने सक्ने क्षमता नेपाली निर्माण व्यवसायीमा हुनुपर्छ ।’
उनले नेपालमा लगानी सम्मेलन भन्दा निर्माण व्यवसायी सम्मेलन गर्नुपर्नेमा जोड दिए। त्यसबाट निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने उनको भनाइ छ।
मन्त्री घिसिङले समयमा निर्णय नगर्दा पनि ठेक्का रुग्ण भएको बताए । ‘निर्णय नै नगर्दा पनि ठेक्का रुग्ण भएका छन् । सही समयमा सही निर्णय गर्न सक्नुपर्छ । तर,परियोजना प्रमुखहरूले समयमा निर्णय नगर्दा पनि ठेक्का रुग्ण भएका छन्,’उनले भने,‘सही समयमा निर्णय गर्न सक्नुपर्छ ।’
यसैगरी नेपाल सरकारका पूर्वसचिव तथा पूर्वाधारविज्ञ अर्जुनजंग थापाले रुग्ण ठेक्का सहज अवस्थामा आएको बताए । संवाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुग्ण ठेक्का सहज अवस्थामा आए पनि जिरोमा पुर्याउन आवश्यक रहेको उनले बताए ।
‘२०७५ मंसिरसम्म ११८ अर्बका १८४८ वटा ठेक्का रुग्ण थिए । १०३२ ठेक्काको म्याद नै ग्रुजीएको अवस्था थियो । २३ अर्ब ६० अर्ब पेश्की उठ्न बाँकी थियो । ५ अर्ब ९० करोड कार्य सम्पादन जमानत जोखिममा थियो, उनले भने, ‘त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा अध्ययन गरेर ३०–३५ वटा सुझाव दिए । जनशक्ति थप गर्ने,कर्मचारीको क्षमता वृद्धि गर्ने, ठेक्कालाई सहजीकरण गर्ने, अनुगमन गर्ने लगायतका सुझाव दियो । सम्बन्धित निकायहरूले त्यो सबैले पालना गरे । त्यसकारण १८ सय भन्दा बढी रुग्ण ठेक्का अहिले ४०० सयमा सीमित भएको हो । यो आफैमा धेरै भए पनि सहज अवस्थामा आएका हौँ । भयावह स्थितिबाट धेरै नै सहज अवस्थामा आएका हौँ । तर, यसलाई जिरोमा पुराउनुपर्छ ।’
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिम पटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरूलाई बताएका हुन् ।
डडेलधुराका काँग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।
अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगन्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए ।
मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिम पटक चुनावमा उठ्ने जानकारी गराएको बताएका छन् ।
काँग्रेस यही महिनाको अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ । निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिएको छ । काँग्रेस विधान अनुसार एक महिला सहित तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुरामा चुनाव जित्दै आएका छन् ।
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।
सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।
आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।
काठमाडौँ। हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले आज एक सूचना जारी गर्दै सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिएको छ ।
सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित)ठेक्का सम्झौता भएको थियो । सडक निर्माण २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ ।
उक्त सडक कुनै ठाउँमा ४ र कुनै ठाउँमा ६ लेनमा स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको ठेक्का सम्झौता गत जेठमा सकिएको थियो ।
ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत बापतको ४ करोड १९ लाख र पेश्की बापतको ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकमा पत्रचार गरिसकिएको योजना प्रमुख पोखरेलले उल्लेख गरे । पेश्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ ।
योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने रु भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।
निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ ।
ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत बापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।
हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।





