चाडपर्वको समयमा कावासोतीमा फलफुलको ब्यापारमा ३ गुणाले बृद्धि , ब्यापार नभएको ब्यापारीको गुनासो ।

0
606

मिना कंडेल , २२ असोज नवलपरासी ।

नवलपरासीको कावासोतीमा यस वर्षको दशैँमा फलफुलको ब्यापारमा तिन गुणाले बृद्धि भएको जनाइएको छ । अन्य समयमा भन्दा चाडपर्वको समयमा फलफुलको खपत बढी हुने भएकाले ब्यापारीहरु उत्साहीत भएका छन् । अन्य समयको तुलनामा ब्यापार बढेपनि विगतका बर्षको दशौमा भन्दा योबर्ष कम ब्यापार भएको फलफुल ब्यापारी विष्णु पाण्डेले बताईन । चाडपर्वको समयमापनि आफुले सोचे जती ब्यापार नभएकोमा कावासोती फलफुलचोकमा ब्यापार गर्दै आएकी निलमाया पाण्डेको गुनासो छ । उनी भन्छिन् विगतका बर्षमा डेड लाख भन्दा बढीको ब्यापार हुन्थ्यो तर अहिलेको बर्ष ८० हजारको पनि ब्यापार भएन ।

यो बर्ष बजारमा ३ गुणाले बृद्धि भएको कावासोती कृर्षि वजार उपज बयवस्थापन तथा फलफुल ब्यवसायि संघका अध्यक्ष लेखनाथ वस्यालले जानकारी दिए । चाडपर्वको समयमा फलफुलको मुल्य बृद्धि हुदा पनि ब्यवसायमा कमी आएको जनाइएको छ । कावासोतीको फलफुलचोकमा करीब २ दर्जन ब्यापारीहरुले फलफुल ब्यवसाय गरी दैनीकी गुजारा चलाउदै आएका छन् ।