२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । सोमबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गरेको हो । त्यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलको भाउ घटेर र पेट्रोलको भाउ बढेर आएकाले सोही अनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

 

आईओसीबाट डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेर आएको थियो भने पेट्रोलमा १ रुपैयाँ ९४ पैसा बढेर आएको थियो।

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ ।

आयोगले जारी गरेको सूचनाबमोजिम पेस भएका ती संस्थाहरूलाई सोमबार निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको जनाएको हो । 

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरिएकोमा ४४ वटा राष्ट्रिय र पाँचवटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन प्राप्त भएको थियो ।

पर्यवेक्षणका लागि आवेदन गरेका संस्थाहरूमध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगले जनाएको छ ।

आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि चार नेताले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले ओलीको साथ छोडेका हुन् ।

ओली समूहमा महासचिवमा दाबेदारी पेस गरेका प्रदीप ज्ञवालीले उपाध्यक्षमा मनोनयन दर्ता नगरी घरतिर हिँडेको एमाले नेताहरू बताउँछन् । पन्तले ओलीले पदाधिकारीमा नराखेपछि अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष लड्ने तरखरमा छन् ।

उनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । ओली समूहबाट सचिव लड्न चाहेका प्रचार विभाग प्रमुख गौतमले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । ‘अब म स्वतन्त्र उम्मेदवारको रूपमा उपमहासचिव लड्छु’ उनले भने ।

लामो समय अध्यक्ष ओलीका निकट रहेका श्रेष्ठले आफूलाई अपमान र अन्याय गरिएको भन्दै उनी पोखरेल समूहबाट सचिव लड्दैछन् । विगतमा ओलीका निकट सहयोगी नेता गोकुल बास्कोटाले धेरै अघि नै उनको समूह छोडेका थिए । उनले पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा ओली र पोखरेलबिच भिडन्त हुने पक्का भइसकेको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिट्यान्स घटेको हो ।

२०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड छ ।

गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशत बढेको थियो । गत आवको कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो ।

चालु आवको चार महिना अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । गत आवको अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशत बढेको थियो ।

चालु आवको कात्तिकसम्ममा खुद द्वितीय आय ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।

चालु आवको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८ सय ३७ रहेको छ । गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४ सय ७८ र ९४ हजार १०५ थियो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।

काठमाण्डुको भृकुटीमण्डपस्थित महाधिवेशनस्थिलमा पुगेर ओलीले अध्यक्षमा उम्मेदवारी दिएका हुन्।

यस्तै ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको बताए।

पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। ‘पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धाको कुरा स्वभाविक हो। हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिष्पर्धा हुन्थ्यो,’ पोखरेलले भने, ‘अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिनुहुदैन।’

निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।

भृकुटीमण्डपमा जारी बन्दसत्रमा पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १ गते दिउँसो ११ बजेबाट मतदानको समय निर्धारण गरिएको छ।

एमालेमा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ। पदाधिकारीहरू र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ। केन्द्रीय सदस्यहरू र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन्।

एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ। पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ । दुवै नेताले आफ्नो प्यानल तयार पारेर महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धाको तयारी गरेका छन् ।

ओली पक्षले पदाधिकारीको टिमलाई अन्तिम रूप दिइसकेको छ भने पोखरेल पक्षले पनि अधिकांश पदमा नाम टुंगो लगाएको छ ।

ओली पक्षको प्रस्तावित प्यानल :

अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष (५ जना) : विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली
महासचिव : शंकर पोखरेल
उपमहासचिव (३ जना) : रघुवीर महासेठ, विष्णु रिमाल, भानुभक्त ढकाल
सचिव (९ जना) : पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की, राजन भट्टराई

ईश्वर पोखरेल पक्षको प्रस्तावित प्यानल :

अध्यक्ष : ईश्वर पोखरेल
उपाध्यक्ष (४ जना टुंगो, १ खाली) : अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ (एक पद खाली राखिएको)
महासचिव : सुरेन्द्र पाण्डे
उपमहासचिव : योगेशकुमार भट्टराई (अन्य दुईजनाको तयारी जारी)
सचिव (६ जना, ३ खाली) : विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, रचना खड्का
महाधिवेशनमा दुवै पक्षले भूगोल, समुदाय र समावेशितालाई ध्यानमा राखेर नाम छनोट गरेको दाबी गरेका छन् । तर पोखरेल पक्षले ओली पक्षको प्यानल हेरेर अन्तिम टुंगो लगाउने रणनीति अपनाएको बुझिएको छ ।

काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि असोज ३१ गतेको मूल्य रेकर्ड अघिल्लो दिन आइतबार मात्रै तोडिएको थियो । अघिल्लो दिन २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ । चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको छ ।

चितवनको रत्ननगरमा रहेको राष्ट्रिय आधारभूत विद्यालय अमिलियामा अध्ययनरत १०० जना बालबालिकालाई ट्र्याक सुट वितरण गरिएको छ। मातृभूमि सेवा फाउन्डेसनले आइतबारका दिन ती विद्यार्थीहरूलाई जाडोबाट बचाउने उद्देश्यका साथ न्यानो ट्र्याक सुट प्रदान गरेको हो।

आर्थिक अभावका कारण जाडोको समयमा पनि पर्याप्त न्यानो कपडा लगाउन नपाएका बालबालिका ट्र्याक सुट पाएपछि अत्यन्तै खुसी र उत्साहित देखिएका थिए।

ट्र्याक सुट वितरण कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मातृभूमि सेवा फाउन्डेसनका संरक्षक धर्मगुरु ज्योतिष पुष्कर खतिवडा, फाउन्डेसनका संस्थापक धमेन्द्र सापकोटा, सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, र रत्ननगर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष लगायत स्थानीय अगुवाहरूको समेत सहभागिता रहेको थियो।

मातृभूमि सेवा फाउन्डेसनले सामाजिक सेवाका कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यो फाउन्डेसनले विगत लामो समयदेखि देशका विभिन्न भागमा आर्थिक अभावका कारण विद्यालय जानका लागि झोला (ब्याग) बोक्न नसकेका विद्यार्थीहरूलाई ब्याग वितरण गर्दै आएको छ। यस पटक ट्र्याक सुट वितरण गरेर जाडोको याममा विद्यार्थीहरूलाई न्यानो राख्न मद्दत गर्ने अर्को महत्वपूर्ण सामाजिक कार्य गरेको छ।


फाउन्डेसनको यो कार्यले विपन्न बालबालिकाहरूलाई शैक्षिक वातावरणमा सहजता प्रदान गर्न र उनीहरूको मनोबल बढाउन महत्वपूर्ण सहयोग पुगेको छ।

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता-२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो ।

निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ ।

उम्मेद्वारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने ज्म्मिेवार पदाधिकारी तोक्नुपर्नेछ । तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ । यसैगरी रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत नै गर्नुपर्ने जनाइएको छ ।

व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई बैंक वा वित्तीय संस्थामा जम्मा गराउनुपर्नेछ । खर्चको विवरणसमेत तथा बिल भरपाई राख्नुपर्नेछ । आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेका ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्नेछ ।

आयोगले खर्चको बिल भरपाई तथा बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने सो थप गरिएको व्यवस्थामा उल्लेख गरेको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।