विश्व हुलाक दिवस , नेपालमा पनि मनाइदैँ ।

0
710

२३ असोज , काठमाडौं । आज अक्टोवर ९ तारीख विश्व हुलाक दिवस , नेपालमापनि विविध कार्यक्रम गरी मनाइदैँछ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा र्पुयाउने उद्देश्यले सन् १८७४ अक्टोवर ९ मा विश्व हुलाक संघको स्थापना भएको हो ।

नेपालले भने संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो । नेपालमा करिब ४ हजार हुलाक सेवा कार्यालय छन् । ६० जिल्लामा कार्यालय छ । इलाका साढे ८सय जति छ । क्षेत्रीय पाँच, अतिरिक्त हुलाक ३ हजार ७४ छ भने २० हजार कर्मचारी कार्यरत छन् ।

नियमित गर्नुपर्ने कामबाहेक अहिले हुलाकले स्थानीय केवल टिभी अनुगमन, लोक कल्याणकारी विज्ञापन सिफारिस तथा लोकसेवाको फारम दर्ता गरी पठाउने काम गर्दै आएको छ । पछिल्लो समयमा ईमेल ईन्टरनेटकाकारणा पहिलेजस्तो सकृय छैन ।