२०८३ असार २ गते मंगलवार
२०८३ असार २ गते मंगलवार

दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीले दिइन् बुद्धको चित्र उपहार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन् ।

यसअघि मंसिर २२ गते सिंहदरबारमा भएको भेटमा प्रसाईंले प्रधानमन्त्रीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए । सोही भेटको सन्दर्भ जोड्दै आजको भेटमा प्रधानमन्त्री कार्कीले बुद्धको चित्र उपहार दिएकी हुन् ।

आजको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेको बताइन् । उनले असन्तुष्टि र मागहरू शान्तिपूर्ण माध्यमबाट राख्न र जनतामै गएर आफ्ना मुद्दा अनुमोदन गराउन प्रसाईंलाई आग्रह गरिन् ।

मुलुक अब अस्थिरता र अशान्ति थेग्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित रहेको बताइन् । नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग अघि सार्दै आएका प्रसाईंलाई निर्वाचनमार्फत जनमत लिनु नै लोकतान्त्रिक निकासको उपाय भएको उनको भनाइ थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।