२०८३ असार १० गते बुधबार
२०८३ असार १० गते बुधबार

रास्वपा महाधिवेशन : विदेशमा रहेकाले मोबाइलबाटै मतदान गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ ।

पार्टीका अनुसार विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेका सदस्यहरूले महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसकेमा मोबाइल एपबाटै मतदान गर्न सक्नेछन् ।

रास्वपाका विदेशस्थित कुल १६३ प्रतिनिधिमध्ये महाधिवेशनमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूलाई लक्षित गर्दै उक्त व्यवस्था गरिएको पार्टीले जनाएको छ ।

यता, महाधिवेशनमा प्रत्यक्ष सहभागी हुने प्रतिनिधिहरूका लागि विद्युतीय मतदान प्रणाली अपनाइने भएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरिएको रास्वपाले जानकारी दिएको छ ।

पार्टीले महाधिवेशनलाई व्यवस्थित, सहज र प्रविधिमैत्री बनाउन स्वदेश तथा विदेशमा रहेका प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै मतदान प्रणाली लागू गरेको जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।