गोरखामा २ कांग्रेस र नयाँ शक्ति बिच तालमेलहुने संकेत ।

0
202

२९ असोज, काठमाडौं । वाम गठबन्धनबाट बाहिरिएको नयाँ शक्ति पार्टी नेपालले कांग्रेससँग परामर्श सुरु गरेको छ । हिजो कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले आन्तरीक छलफल गरेका छन् । भट्टराईले गोरखा २ बाट चुनाव लड्न चाहेका छन् ।

तर, आफ्नो नाममा सहमति नजुटेपछि भट्टराई एमाले र माओवादी केन्द्रको गठबन्धनबाट बाहिरिएका थिए । स्रोतका अनुसार नयाँ शक्तिका नेता भट्टराईले गोरखा २ मा कांग्रेससँग तालमेल गर्न प्रस्ताव राखेका छन् ।भेटका क्रमका छलफल सकारात्मक देखीएको जनाईएको छ । गोरखा २ मा बाबुरालाई कांग्रेसले समर्थन गरे अन्य ठाँउमा नयाँ शक्ति पार्टिले सहयोग गर्ने बताईएको छ ।