नुवाकोटमा सालोको आक्रमणबाट भिनाजुको ज्यान गयो ।

0
408
कात्तिक १ नुवाकोट । नुवाकोटको मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको ज्यान गएको छ । मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका प्रतापसिंह तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले घाइते बनाइदिएका थिए । टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । झगडामा संलग्न रहेका श्रीमान तामाङलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।