२०८३ असार ३० गते मंगलवार
२०८३ असार ३० गते मंगलवार

रास्वपाले अद्यावधिक गर्‍यो समानुपातिक बन्दसूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची अद्यावधिक गरेको छ ।

उज्यालो नेपाल पार्टीसँगको एकता औपचारिक रूपमा टुंगिएपछि आइतबार निर्वाचन आयोगमा पुगेर सूची अद्यावधिक गरिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए।

दुई दलबिच भएको एकता शनिबार साँझ अन्त्य भएको थियो। एकता भंग भएसँगै कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। यसअघि सहमतिअनुसार दुवै दलले समानुपातिकतर्फ साझा सूची निर्वाचन आयोगमा बुझाएका थिए। तर, अब एकता समाप्त भएपछि उज्यालो नेपाल पार्टीले रास्वपाको तर्फबाट बुझाएको सूची स्वतः खारेज भएको छ।

यससँगै फागुन २१ गते हुने निर्वाचनमा उज्यालो पार्टी नेपालको समानुपातिकतर्फ कुनै पनि उम्मेदवार नहुने भएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।