
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता नियुक्त भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पार्टी झापाका नेताहरूसँग डेढ घण्टा छलफल गरेका छन्।
आइतबार ललितपुर-१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग कुराकानी गरेका हुन्।
‘हामी पार्टी सभापति रवि लामिछानेसहित पार्टी नेतृत्वसँग कुराकानी गर्न काठमाडौँ आएका थियौँ। यही बेला मेयर बालेन साहसँग पनि छलफल गरौँ भनेर ज्वागल गएका थियौँ,’ पाठकले भने, ‘कुराकानीका क्रममा उहाँले आफू झापा-५ बाट उम्मेदवारी दर्ता गर्ने बताउनुभयो।’
अध्यक्ष पाठकका अनुसार कुराकानीका क्रममा मेयर बालेन झापा-५ बाट लड्ने निधोमा पुगिसकेको बताएका थिए। मेयर बालेनले आफ्नो टिमले झापा-५ को वस्तुस्थिति, त्यहाँको विकास निर्माण, पुराना पार्टीहरूको अवस्थाबारे सामान्य सर्भेक्षण गरेको समेत जानकारी गराएका थिए।
स्थानीय आवश्यक, त्यहाँका नागरिकको चाहना आदि समेटेर केही सामग्री पनि तयार पारेको र रास्वपाको जिल्ला पार्टीले केही तयार पारेको भए त्यसको खाका पठाउन भनेको पाठकले बताए।
‘उहाँहरूले एकसरो सर्भेक्षण गर्नुभएको रहेछ। स्थानीय आवश्यकता आदि बुझेर ब्लुप्रिन्टजस्तो पनि तयार पार्नु भएको रहेछ। कुराकानीकै क्रममा उहाँले तपाईँले केही तयार पार्नुभएको छ भने त्यो पनि पठाउनुहोस् भन्नुभएको छ,’ पाठकले भने।
संवादकै क्रममा मेयर बालेनले केही दिनपछि सामाजिक सञ्जाल फेसबुकबाटै आह्वान गर्ने गरी तयारी गरिरहेको समेत जानकारी दिएका थिए।
‘उहाँको मनस्थिति हेर्दा झापा-५ बाटै चुनाव लड्नेजस्तो पायौँ। विस्तृत त पार्टीमा छलफल होला,’ पाठकले भने।
झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो। उनी त्यहाँबाट लगातार चुनाव जित्दै आएका छन्।
२०६४ मा भने अध्यक्ष ओली तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पहिलो दिन २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन्।
विशेष महाधिवेशनको सचिवालयले जारी विज्ञप्तिअनुसार आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ प्रतिनिधिहरूको नामावली दर्ता गराएका छन्।
जसअनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १५८, उपत्यकाका तीन जिल्लाबाट १७८ र भातृ शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि छन्।
सचिवालयबाट युवराज पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार सोमबारसमेत प्रतिनिधिहरूको नाम दर्ता हुनेछ। सोमबार विहान ८ बजेबाट नाम दर्ता हुने तथा बन्द सत्र विहान १० बजेबाट हुने बताएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता नियुक्त भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पार्टी झापाका नेताहरूसँग डेढ घण्टा छलफल गरेका छन्।
आइतबार ललितपुर-१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग कुराकानी गरेका हुन्।
‘हामी पार्टी सभापति रवि लामिछानेसहित पार्टी नेतृत्वसँग कुराकानी गर्न काठमाडौँ आएका थियौँ। यही बेला मेयर बालेन साहसँग पनि छलफल गरौँ भनेर ज्वागल गएका थियौँ,’ पाठकले भने, ‘कुराकानीका क्रममा उहाँले आफू झापा-५ बाट उम्मेदवारी दर्ता गर्ने बताउनुभयो।’
अध्यक्ष पाठकका अनुसार कुराकानीका क्रममा मेयर बालेन झापा-५ बाट लड्ने निधोमा पुगिसकेको बताएका थिए। मेयर बालेनले आफ्नो टिमले झापा-५ को वस्तुस्थिति, त्यहाँको विकास निर्माण, पुराना पार्टीहरूको अवस्थाबारे सामान्य सर्भेक्षण गरेको समेत जानकारी गराएका थिए।
स्थानीय आवश्यक, त्यहाँका नागरिकको चाहना आदि समेटेर केही सामग्री पनि तयार पारेको र रास्वपाको जिल्ला पार्टीले केही तयार पारेको भए त्यसको खाका पठाउन भनेको पाठकले बताए।
‘उहाँहरूले एकसरो सर्भेक्षण गर्नुभएको रहेछ। स्थानीय आवश्यकता आदि बुझेर ब्लुप्रिन्टजस्तो पनि तयार पार्नु भएको रहेछ। कुराकानीकै क्रममा उहाँले तपाईँले केही तयार पार्नुभएको छ भने त्यो पनि पठाउनुहोस् भन्नुभएको छ,’ पाठकले भने।
संवादकै क्रममा मेयर बालेनले केही दिनपछि सामाजिक सञ्जाल फेसबुकबाटै आह्वान गर्ने गरी तयारी गरिरहेको समेत जानकारी दिएका थिए।
‘उहाँको मनस्थिति हेर्दा झापा-५ बाटै चुनाव लड्नेजस्तो पायौँ। विस्तृत त पार्टीमा छलफल होला,’ पाठकले भने।
झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो। उनी त्यहाँबाट लगातार चुनाव जित्दै आएका छन्।
२०६४ मा भने अध्यक्ष ओली तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखिमात्र हुने भएको छ । यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्दसत्र हुन लागेको हो ।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुनेछ भने १० बजेदेखि बन्दसत्र चालु हुनेछ ।
आइतबारसाँझसम्म २ हजारबढी प्रतिनिधिले रजिस्ट्रेसन गरिसकेको सचिवालयले जनाएको छ ।
दर्ताको फाइल उद्घाटन सत्र सकिएसँगै बन्द गरी रात्रिको खानाको क्रम चलेकाले आइतबारका लागि दर्ता बन्द भएको हो । यति नै भनेर यकिन नभए पनि थुप्रैको संख्यामा प्रतिनिधिले आइतबारको उद्घाटनका कारण दर्ता नगरेको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने भएको हो ।
बन्दसत्र अघिमात्र महाधिवेशन प्रतिनिधिको यकिन सहभागिता संख्या आउनेछ ।
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्द सत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्द सत्र सुरु हुने जानकारी दिए ।
उद्घाटन सत्र अहिले काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ ।
पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्द सत्र सुरु हुने र सभापतिसहित नेता उपस्थित हुने विश्वास व्यक्त गरे ।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले भने, ‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने/नआउने उहाँहरूको मर्जी। निर्णय गर्ने तपाईँहरूको मर्जी । तपाईँहरूले नै निर्णय गर्ने हो ।’
उनले कहिलेकाहीँ युद्ध हार्नका लागि तयार हुनुपर्छ भन्दै थपे, ‘हाम्रा सन्दर्भमा चिन्ता नलिनुस् । कहिलेकाहीँ युद्ध हार्न पनि तयार हुनुपर्छ । तयार छौँ । कहिले काहीँ ज्वालाका जागृत गर्नका निम्ति आफू डढ्न पनि तयार हुनुपर्छ । नेपाली काँग्रेसलाई ठिक ठाउँमा उभ्याउनका लागि ।’
काँग्रेस ठिक ठाउँमा हुँदा देशप्रतिको जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाइ छ ।
‘यो अवसर पनि हो चुनौती पनि हो । भोलि बिहान ८ बजे हामी जम्मा हुन्छौँ । हलले जे स्थापना गर्ने भन्छ त्यही हुन्छ । काँग्रेसको विधानमा महाधिवेशनभन्दा ठुलो केही होइन,’ उनले भने, ‘महाधिवेशनले चायो भने नेता पनि छान् नेतृत्व बदल्छ पनि । विधान पनि बदल्छ । त्यो अधिकार राख्नेको भेला हो यो ।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन कांग्रेस मात्र होइन, देश बदल्ने संकल्पसहित गरिएको बताएका छन् ।
आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उपस्थित प्रतिनिधिहरू कांग्रेस परिवर्तनका साथै देशलाई समुन्नतिको दिशामा लैजान प्रतिबद्ध भएर आएको बताए ।
उनले वर्तमान राष्ट्रिय तथा आन्तरिक परिस्थितिलाई विषम र विशिष्ट भएको उल्लेख गर्दै यही अवस्थामा विशेष महाधिवेशन भइरहेको स्पष्ट पारे ।महामन्त्री शर्माले कांग्रेस रूपान्तरणको आवश्यकता औंल्याउँदै वर्तमान कांग्रेसले विगतको तुलनामा बढी चुनौती सामना गरिरहेको स्वीकार गरे ।
पार्टीको नेतृत्व तहमा रहेकाले कमजोरीहरूको जिम्मेवारी आफूहरूले पनि लिने स्पष्ट गर्दै उनले भने, ‘हामी सबै रुपान्तरित कांग्रेसको पक्षमा छौं । आजको कांग्रेस विगतको भन्दा बढी चुनौतिलाई सामना पनि गरिरहेको छ । आज जे जति कमी कमजोरी भएका छन् पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेका नाताले आज पार्टीको महामन्त्री हामी दुवै पनि जान्दछौं । कि पार्टीमा जे जस्ता कमजोरी भएका छन् त्यो कमजोरीको केही हिस्सा महामन्त्रीका रुपमा ड्राइभिङ सिटको छेउमा बसेको नाताले हामी पनि लिन्छौं । त्यसैले त्यसलाई स्वीकारेर भनेका हौं अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन ।’
उनले पुरानै सोच र कार्यशैलीबाट नयाँ यात्रा सम्भव नहुने भन्दै राजनीतिक र सामाजिक परिवेश परिवर्तन भइसकेको बताए । राजनीतिमा पनि मौसम परिवर्तन हुने उल्लेख गर्दै महामन्त्री शर्माले कहिले अनुकूल त कहिले प्रतिकूल अवस्था आउने बताए । त्यस्तो अवस्थालाई चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वमा हुनुपर्नेमा जोड दिँदै उनले यस विषयमा कांग्रेस नेतृत्वबाट कमजोरी भएको स्वीकार गरे ।
उनले भने, ‘अब नयाँ परस्थिति बनेको छ नेपालमा । बनेको परस्थितिलाई सामना गर्नका लागि, नयाँ परस्थिति निर्माण गर्नका लागि मनस्थिति पूरानो राखेर हुँदैन । मनस्थितिलाई बदल्नुपर्छ । पूरानै आनिबानीलाई राखेर नयाँ अवस्था बनाउन सकिँदैन । राजनीतिमा पनि मौसम परिवर्तन हुन्छ । राजनीतिमा पनि कहिले मौसम अनुकुल हुन्छ त कहिले प्रतिकुल हुन्छ । त्यो अनुकुलता प्रतिकुलतालाई चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वले राख्नुपर्छ तर यसमा हामीले कमजोरी गर्यौं ।’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् ।
पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले काँग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।
‘तपाईँहरूले जति गर्नु भएको छ, तपाईँहरूको यो प्रयासले काँग्रेसमा यो स्थापित गरेको छ, काँग्रेस दास र लासहरूको पार्टी होइन । काँग्रेस जिउँदो मानिसहरूको पार्टी हो,’ उनले भने, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन । जिउँदो काँग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ ।’
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी नेतृत्वमाथि कडा प्रश्न उठाएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिका नेताहरूले कार्यकर्ताको भूमिकालाई अवमूल्यन गरेको आरोप लगाए ।
टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै उनले पूर्वदेखि पश्चिम र दार्चुलादेखि ताप्लेजुङसम्मबाट आएका कार्यकर्ता तथा नेताहरूको अनुहारले गिज्याइरहेको छ कि छैन भन्ने प्रश्न गरे ।
शर्माले नेपाली कांग्रेस बुद्धका सन्तान भएको उल्लेख गर्दै पार्टीले हिंसा र झगडामा होइन, मध्यमार्गी विचार, सिद्धान्त र नीतिमा विश्वास गर्ने स्पष्ट पारे ।
उनले भने, ‘टेलिभिजन या फेसबुकमा लाईभ हेर्दै हुनुहुन्छ होला, हामी सभापति शेरबहादुर देउवादेखि केन्द्रीय समितिमा ज–जसले साथीहरुको मासुम अनुहारहरुको अवमूल्यन गर्नुभयो । उहाँहरुलाई हामी यहाँबाट प्रश्न सोध्न चाहन्छौं पूर्वदेखि पश्चिमसम्म र दार्चुलादेखि ताप्लेजुङसम्म आएका क्रियाशीलदेखि देखी केन्द्रीय नेताहरु र महामन्त्रीद्धयहरुको यो मासुम अनुहारले तपाईंहरुलाई गिज्याईरहेको छ की छैन ? हामी बुद्धका सन्तान हौं । हामी मारकाटमा विश्वास गर्दैनौं, हामी झगडामा विश्वास गर्दैनौं । हाम्रो क्यारेक्टर, हाम्रो सिद्धान्त, नीति, विचार मध्यमार्गी बाटो हो।’
सभापति देउवाप्रति लक्षित गर्दै शर्माले उनको ऐतिहासिक योगदानको सम्मान गरे पनि अब जिम्मेवारीपूर्वक निर्णय लिन आग्रह गरे । देउवालाई ‘पिता समान नेता’ भन्दै उनले उमेर र समयको सन्दर्भ उल्लेख गर्दै कार्यकर्ताको भावनालाई ख्याल गर्नुपर्ने बताए ।
उनले सभापति देउवालाई महाधिवेशन हल उद्घाटन उपस्थित हुन आग्रह गर्दै नेतृत्व चयनका लागि विभिन्न विकल्प खुला रहेको बताए ।
‘तपाईंलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेलामा आफ्ना कार्यकर्ता हिजो जसले तपाईंलाई भोट हाल्यो, हिजो जसले तपाईंलाई सभापति बनायो र पटक पटक जसले सत्तामा पुर्यो अब त्यो रोइलो छोडेर भोलि बिहान हल उद्घाटन गर्न आउनुुस् । पहिलो विकल्प तपाईं आफैं चुनावमा उठ्नुहोस्, जसले हारेपनि लोकतन्त्र र प्रजातन्त्रले जित्छ,’ शर्माले भने ।
चुनावमा हार्ने नेताहरूलाई समेत फूलमाला लगाएर सम्मानपूर्वक घरसम्म पु¥याउने पार्टी संस्कार रहेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू कांग्रेसको दोस्रो विशेष सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा सहभागी केन्द्रीय सदस्यहरूको नाम मञ्चबाट वाचन गरिएको छ । डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाह, विनोद चौधरी र उदयशमशेर राणालगायत नेताहरूको नाम पढेर सुनाइएको हो ।
उपस्थित केन्द्रीय सदस्यहरूलाई मञ्चमा आसनग्रहण गराइएको छ । अन्य केन्द्रीय सदस्यहरू पनि कार्यक्रममा सहभागी हुन आउँदै गरेको जानकारी उद्घोषकले दिएका छन् ।
कांग्रेसभित्रको विवादका बीच दोस्रो विशेष सम्मेलन जारी छ ।




