२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

कांग्रेसको सभापति बन्न ३० हजार उम्मेदवार शुल्क, अन्यको कति ?

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि मतदान तथा मतगणनासम्मको विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

समितिका संयोजक सीताराम केसीका अनुसार विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न शुल्क तोकिएको छ । सभापति पदका लागि ३० हजार रुपैयाँ तोकिएको छ । उपसभापति र महामन्त्री पदमा २५ हजार रुपैयाँ, सहमहामन्त्री पदमा २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदमा १० हजार रुपैयाँ तोकिएको छ ।

विशेष महाधिवेशन पुस २७ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित यस महाधिवेशनले पार्टीको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ ।

आज तेस्रो दिनमा पुग्दा महाधिवेशनमा मतदान प्रक्रिया राति ९ बजेदेखि सुरु हुने तयारी छ । निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि नियमित महाधिवेशनकै ढाँचामा प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसअघि महाधिवेशनमा कार्यविधि पारित भएसँगै नयाँ निर्वाचन समिति गठन भएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।