यू १९ एसिया कप क्रिकेटको अभ्यासकालागी नेपाली टोली बंगलादेश जादै ।

0
386

९ कात्तिक, काठमाडौं । यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ । बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ ।

खेल क्रिडा शिखा प्रतिष्ठानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । यू १९ एसिया कप क्रिकेट आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुँदैछ ।