राजनैतीकदलहरुले चुनावलाई अनिश्चितता तर्फ धकेल्न खोज्दैछन् : निर्वाचन आयोग ।

0
536

१० कात्तिक, काठमाडौं । मंसिर १० र २१ मा हुने चुनाव बारे अनर्गल प्रचार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले अदालतको आदेश पालना गर्दै अघि बढेको भन्दै चुनावलाई अनिश्चितता तर्फ धकेल्न अनावश्यक प्रचारवाजी नगर्न आयोगले आग्रह गरेको हो । आज निर्वाचन सुरक्षा सम्बन्धी सुरक्षा निकायका पदाधिकारीसँग भएको छलफलका क्रममा निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतपत्र छपाई लगायत कारणले देखिएको विवादका कारण चुनाव सर्ने शंका नगर्न आग्ह गरे । निर्वाचनको समयमा राजनीतिक दलहरुले राज्यका संयन्त्र र निकाय तथा तिनका अधिकारीलाई आफू अनुकुल प्रयोग गर्न खोज्ने भएकाले सर्तक रहन सुरक्षा निकायका पदाधिकारीलाई आयोगले सचेत बनाएको छ ।