२०८३ श्रावण ११ गते सोमबार
२०८३ श्रावण ११ गते सोमबार

मधेशमा रञ्जित कर्ण र रेखा झाको सानदार जित, विपक्षीको पत्तासाफ

राष्ट्रियसभा निर्वाचनमा नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष रञ्जित कर्ण र एमाले नेतृ रेखा झाले विपक्षीहरूलाई भारी मतान्तरले पराजित गर्दै विजयको झण्डा गाडेका छन्।

नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्ण अल्पसंख्यक तथा मधेशी कोटाबाट ८ हजार ९३ मतभार प्राप्त गर्दै निर्वाचित भएका छन्। कांग्रेसभित्र प्रखर वक्ता र जुझारु छविका रूपमा चिनिने कर्णको यो जितलाई युवा पुस्ताको विजयका रूपमा हेरिएको छ। नेविसंघको नेतृत्व गरिसकेका कर्ण अब संघीय संसदको माथिल्लो सदनमा मधेशका मुद्दा र युवाका आवाज उठाउने नयाँ भूमिकामा देखिनेछन्।संविधानसभा सदस्यसमेत रहिसकेका कर्णको यो जितसँगै मधेशमा युवा पुस्ताको नेताको रुपमा स्थापित हुन पुगेका छन् ।

महिला क्लस्टरतर्फ नेकपा एमालेकी नेतृ रेखा झाले ७,२२२ मतभारसहित सानदार जित हासिल गरेकी छन्। उनको जितले मधेशमा एमालेको सांगठनिक शक्ति अझै कसिलो रहेको प्रमाणित गरेको छ। झाले ७ हजारभन्दा बढी मत पाउँदा उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी शमी कुमारी अग्रवालले १,९४४ मतभारमा चित्त बुझाइन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।