२०८३ कार्तिक ७ गते शुक्रबार
२०८३ कार्तिक ७ गते शुक्रबार

अमेरिकामा नेपाली विद्यार्थी घटे, उच्च शिक्षामा भने चासो बढ्दो

रन्जित गौली/अमेरिका
अमेरिकी सरकारको सेभिस (SEVIS) तथ्यांकअनुसार अमेरिकामा अध्ययनरत सक्रिय नेपाली विद्यार्थीहरूको संख्यामा उल्लेखनीय गिरावट आएको छ। डिसेम्बर २०२५ मा ३४,४५२ रहेको नेपाली विद्यार्थी संख्या जनवरी २०२६ मा घटेर ३३,७३५ मा झरेको छ। यसरी एक महिनाको अवधिमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ७१७ ले घटेको हो।

लैङ्गिक आधारमा हेर्दा पुरुष र महिला दुवै विद्यार्थीको संख्या घटेको देखिन्छ। डिसेम्बरमा १९,१९३ रहेका पुरुष विद्यार्थी जनवरीमा घटेर १८,९०२ मा सीमित भएका छन्। त्यस्तै महिला विद्यार्थीहरूको संख्या पनि १५,२५९ बाट घटेर १४,८३३ मा झरेको छ।

शैक्षिक तहअनुसार विश्लेषण गर्दा स्नातकोत्तर (मास्टर्स) र विद्यावारिधि (डक्टरेट) तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या भने बढेको छ। मास्टर्स तहमा अध्ययनरत विद्यार्थीहरूको संख्या ७४ ले वृद्धि भई ९,८४५ बाट ९,९१९ पुगेको छ। डक्टरेट तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ९५ ले बढेर ४,२४० बाट ४,३३५ पुगेको छ।

तर स्नातक (ब्याचलर) तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या भने उल्लेखनीय रूपमा घटेको छ। ब्याचलर तहमा ६११ जना विद्यार्थी घट्दै १२,६०५ बाट ११,९१४ मा झरेका छन्। एसोसिएट तहमा पनि २३३ जना विद्यार्थी घटेर ७,२५४ बाट ७,०२१ मा सीमित भएका छन्।

अन्य कार्यक्रमतर्फ हेर्दा भाषा तालिममा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या २३९ बाट बढेर २७६ पुगेको छ। त्यस्तै फ्लाइट स्कुलमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या पनि ५१ बाट बढेर ५३ पुगेको छ।

राज्यअनुसार वितरण हेर्दा टेक्सासमा सबैभन्दा धेरै नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्। तर डिसेम्बरको तुलनामा जनवरीमा टेक्सासमा १३६ जना विद्यार्थी घट्दै संख्या ७,८९४ बाट ७,७५८ मा झरेको छ।
ओहायोमा ४६ जना विद्यार्थी घटेर २,४६८ बाट २,४२२ पुगेका छन्। न्युयोर्कमा ६६ जना घट्दै २,२६६ बाट २,२०० मा सीमित भएका छन्।

त्यसैगरी मिसौरीमा ११३ जना विद्यार्थी घटेर संख्या १,५८० बाट १,४६७ पुगेको छ। सेभिस तथ्यांकअनुसार जनवरीसम्म केन्टकीमा १,६४७ जना नेपाली विद्यार्थी अध्ययनरत छन्। क्यालिफोर्नियामा १,२०० र इलिनोयमा ८६४ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको देखिन्छ।

सेभिसको यो तथ्यांकले अमेरिकामा नेपाली विद्यार्थीको कुल संख्या घट्दै गए पनि उच्च शिक्षा (मास्टर्स र डक्टरेट) तहमा नेपाली विद्यार्थीको सहभागिता भने बढिरहेको संकेत गरेको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।