असिना पानीका कारणा धादिङमा धानबाली नष्ट ।

0
491

१२ कात्तिक , धादिङ । गयराति हुरीबतास र पानीसँग परेको असिनाले गर्दा उत्तरी धादिङको विभिन्न गाउँमागाउँमको धानबाली नष्ट भएको छ । नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकण्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ ।

चाडपर्वका कारण पाकेको धान काट्ने बेलामा असिना परेर खेतमै धान झ¥यो । धान काट्दै गरेका र काटन बाँकी सबैको धान असिनाले गर्दा सखाप भएको हो । काट्नेबेला भएको धानबालीमा असिना परेपछि कृषक चिन्तित भएको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले बताए ।