२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

बौद्धमा १ करोड बढीको सुन चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

काठमाडौँ महानगरपालिका ६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ परेका हुन् ।

नेपालगञ्ज घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । थारुको खुट्टामा गोली लागेको । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । प्रहरीले उनलाई १ राउण्ड गोली प्रहार गरेको थियो ।

मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

माघ १७ मा भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । सो चोरीमा पनि थारुकै संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

मंगलबार दिउँसो १२ बजेतिर थारु टुसाल स्थित रिन्जीको घरमा प्रवेश गरेका थिए । सरासर चौथो तलामा पुगेर उनले ढोकाको लक खुस्काए । अनि, त्यहाँ राखिएको सि–माला जडित सुनको माला र चाँदीका गहना झोलामा प्याक गरेर निस्केर हिँडे । घरमा मानिसहरू भाडामा पनि बसेका थिए । पाँचौँ तला र छतमा घरका मानिसहरू घाम तापिरहेको अवस्थामा करोडको बहुमूल्य सामान चोरी भएको कसैले थाहै पाएनन् ।

करिब २ बजेतिर ढोकाको लक खुस्काएको र सुन जडीत सि–माला नदेखेपछि घरधनीले प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीले अनुसन्धान शुरु गरेको हो । चोरी भएको २४ घण्टापछि आरोपी पक्राउ परेका हुन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।