मंसिर ८ काठमाण्डौं । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष जननेता मदन भण्डारीको नामबाट खोलीएको कलेजमा यस्तो पनि हून्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर कलेजका प्रशासन प्रमुख एवं अंग्रेजी शिक्षक हरि बहादुर चन्दले लामो समय देखि कलेजका कर्मचारीहरुलाई चरम दुरब्यबहार गर्दै आएको रहस्य खुलेको छ । प्रशासन प्रमुख चन्दले कर्मचारीलाई ब्यक्तिगत इज्जत र प्रतिष्ठाको पटक्कै ख्याल नगरी जथाभावी हप्की दप्की गर्ने गरेका छन् । करिव ६ महिना अगाडी कलेजमा कार्यरत एक सुरक्षा गार्डले श्रीमती बिरामी हुँदा बिदा पाउँ भनी गरेको आग्रहलाई उनले सिधै तेरो श्रीमती मरे पनि मरोस् बिदा मिल्दैन भन्ने सम्मको निच जवाफ दिएका थिए ।
चन्दको जवाफले ति सुरक्षा गार्ड धुरुधुरु रोएका थिए । ति गार्डले आफ्नो दुखेसो कलेज सञ्चालक समितीका अध्यक्ष राष्ट्रपति बिद्यादेबी भण्डारी पुत्रि उषा किरण भण्डारी समक्ष राखेका थिए । सुरक्षा गार्डको गुनासो पछि अध्यक्ष भण्डारीले आन्तरीक मिटिङमा चन्दलाई सम्झाए पनि उनको कार्यशैली भने आजसम्म फेरिएको छैन । आफु मातहतका कर्मचारलिाई अमानविय ब्यबहार गरेको र कर्मचारीसँग उनको बोलचाल समेत हुन छाडेको स्रोतले बताएको छ । केहि दिन अगाडी मात्रै आई टि डिपार्टका एक कर्मचारीसँग उनको झगडा परेको थियो भने कर्मचारीहरु उनको ब्यबहारका कारण जागिर छोड्ने मनस्थितीमा पुगेका छन् ।
जनतेता मदन भण्डारीको नामबाट आम नागरिकका छोरा छोरीलाई कम शुल्कमा गुणस्तरिय उच्च शिक्षा दिने पबित्र उद्धेश्यका साथ स्थापित मदन भण्डारी मेमोरियल कलेजमा एक ब्यक्तिको स्वेच्छाचारी ब्यबहारका कारण कलेज नै बद्नामीको बाटोमा अघि बढेको देखिन्छ ।
कलेजमा कर्मचारीहरुको चरम श्रमशोषण समेत भैरहेको स्रोतले बताएको छ । बिद्यार्थी भर्नामा समेत मनलाग्दी भर्ना शुल्क लिनुले कलेजको उद्धेश्य माथि नै प्रश्न उठ्न थालेको छ । जननेता मदन भण्डारी र नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारीको समेत नाम जोडिएको कलेजमा यस्ता गतिबिधि हुनु दुभाग्यपुर्ण भएको भन्दै सञ्चालक समितीले समस्या तत्काल हल गर्नु पर्ने भन्दै चिन्ता ब्यक्त गर्ने गरेका छन् ।