२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

धनगढीमा अवतरण हुन नसकेपछि मध्यरातमा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता, यात्रु मर्कामा

काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स को जहाज खराब मौसमका कारण गन्तव्यमा अवतरण गर्न नसकेपछि मध्यरातमा पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको छ।

बेलुकी ७ बजे उडान तालिका भए पनि ढिलाइ हुँदै करिब राति १० बजे मात्रै उडेको जहाजले धनगढी विमानस्थलमा पटक–पटक अवतरण प्रयास गरेको थियो। तर प्रतिकूल मौसमका कारण सम्भव नभएपछि राति करिब १२ बजे काठमाडौँ फर्काइएको हो।

जहाज फर्किएपछि विमानस्थलमा यात्रु अलपत्र परेका थिए। उडानमा रहेका सञ्चारकर्मी रोयल आचार्यका अनुसार केहीबेर यात्रुले असन्तुष्टि जनाउँदै विमानस्थल कर्मचारीसँग विवाद समेत भएको थियो।

उक्त उडानमा वृद्धवृद्धा, बिरामीसहित करिब ८० यात्रु थिए। केही यात्रु महेन्द्रनगरतर्फ अन्त्येष्टि कार्यका लागि जाँदै गरेका समेत रहेको बताइएको छ, जसका कारण ढिलाइ र फिर्तीले उनीहरू थप मर्कामा परेका छन्।

यात्रुहरूले बारम्बार उडान ढिलाइ, मौसम व्यवस्थापन र यात्रु समन्वयमा कमजोरी भएको भन्दै नेपालका हवाई सेवा प्रदायकहरू कहिले जिम्मेवार बन्ने भन्ने प्रश्न उठाएका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।