राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले नेपालमा बिदेशी हस्तक्षेपले सिमा नाघेको बताउनु भएको छ ।
कैलालीको सुख्खडमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले आम नागरिकले महसुश गर्ने गरी बिदेशी हस्क्षेप बढेको बताउनु भएको हो । उहाँले राजनितीक दल नै बिदेशीको ईसारामा बनेको र चुनावमा कसलाई जिताउने सम्मको सबै काम बिदेशीले देखिने गरी गरिरहेको बताउनु भयो ।
उहाँले बिदेशीले बनाईदिएको पाटीले चुनाव जित्यो भने देश कता जाला भनी चिन्ता ब्यक्त गर्नु भयो । हाम्रो देश कसरी चलाउनु पर्छ भन्ने बिदेशीले भन्ने होईन नेपाली जनताले भन्नु पर्छ अब देश जोगाउने हो भने राप्रपालाई मतदान गर्नु पर्ने उहाँको धारणा थियो । धर्म निरपेक्षता,संघियता र गणतन्त्रले देश बरबादीतर्फ गएको बताउँदै देश जोगाउने की बिदेशीलाई बुझाउने यहि निर्वाचनले निर्णय लिने भन्दै मतदान गर्दा गम्भिरतापुर्वक होस पुर्याउन अपिल गर्नु भयो ।










