कार्तिक १६ दाङ । राप्रपाबाट एमालेमा भित्रिएकी गायिका तथा नव नेत्री कोमल वलीलाई बुधबार बेलकी एमाले नेता शंकर पोखरेलको फोन आयो फोन उठाउने बित्तिकै पोखरेलले भने कामेमल जी सरी है यसपटक हजुरलाई टिकट दिन सकिएन । वली अमुक भइन्, अस्ति सम्म कन्फर्म भन्ने आज चै कसरी भएन दाई भनेर प्रश्न गर्दा पोखरेलले भने बाम एकताबा कारण भाग बयडा मिलाएन सकिएन भन्ने जवाफ आए पछि आफुलाई एमालेले धोका दिए दिएको अनुभुति भयो । त्यस लगत्तै उनले स्वतन्त्रबाट चुनाव लड्ने निर्णय गरिन् र बिहिबार दाङ क्षेत्र नम्बर
३ बाट उमेद्धारी दिने निर्णय गरिन । उनले भनिन् म जन्मेको ठाउँबाट उम्मेदवार भएको छु, सबैले साथ दिन्छ्न् ।’
टेलिफेनमा वलीले भनिन् मैले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छु । पक्कै चुनाव जित्छु’,‘निर्वाचन अधिकृतको कार्यालयमा मेरो उम्मेदवारी ७ नम्बरमा दर्ता भएको छ । ७ मेरो लक्की नम्बर पनि हो, जित्ने कुरामा ढुक्क छु ।’
एमालेले धोका दिएको भन्दै निराश देखिएकी कोमलले बेइमान होला भन्ने नसोचेको बताइन् । एमालेले धोका दिए पछि अब सोही पार्टी मै रहनु हुन्छी पार्टी छाड्नु हुन्छ भन्ने जिज्ञासामा वलीले त्यो पार्टीले निर्णय गर्ने कुरा हो भन्दै जवाफ दिन मानिन् ।