हेभीवेटको चुनावी प्रतिस्पर्धा, बिक्रम पाण्डेको सामना गर्न प्रचण्डलाई सास्ती !

0
381

 कार्तिक १७ काठमाण्डौं ।  दोस्रो चरणमा आगामी २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश दलका शीर्ष नेताले बिहीबार उम्मेदववारी दर्ता गराएका छन् ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट मनोनयन दर्ता गराएका छन् ।

काठमाडौंमा रहेका उनले वारेसनामा पठाएर मनोनयन दर्ता गराएका हुन् । छत्र साउदकाअनुसार देउवाका प्रतिनिधिले चौथो नम्बरमा मनोनयन दर्ता गराएका छन् । उनको वारेसनामा लिएर उनका पूर्वस्वकीय सचिव गणेश पन्त कार्यकर्ताहरुको जुलुस लिई मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर देउवाको मनोनयन दर्ता गराएका हुन् ।

उनीविरुद्ध वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता खगराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

यसपटक झापामा प्रनिधिसभा निर्वाचनमा हेभी वेट भिडन्त हुँदैछ । पाँच निर्वाचन क्षेत्र रहेको झापा–५ बाट एमाले अध्यक्ष केप शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार ओलीविरुद्ध झापामा कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

चितवनबाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मनोनयन दर्ता गराएका छन् । उनले लोकतान्त्रीक गठबन्धनका तर्फबाट उमेद्धार रहेको राप्रपाका प्रभावशाली नेता बिक्रम पाण्डेको सामना गर्नु पर्ने छ । पायडेलाई काँग्रेसको समर्थन भएको र उनि स्थानिय स्तरमा लोकप्रिय नेता भएकाले दाहाललाई बिजय हात पार्न निक्कै कठिन देखिएको छ । आम मतदातामा भने भरतपुर महानगरपालिकामा भएको घटनाको बदला लिने मौकाको रुपमा प्रचण्ड र पाण्डे बिचको प्रस्पिर्धालाई हेरिएको छ ।

वाम गठबन्धनका तर्फबाट चितवन–३को उम्मेदवार बनेका दाहाल, गठबन्धनका तर्फबाट चितवन –१ का उम्मेदवार एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, चितवन–२ का उम्मेदवार एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलसहित एमाले र माओवादी केन्द्रका कार्यकर्तासहित मनोनयन दर्ता गराउन पुगेका थिए । राजधानी दैनिकमा समाचार छ ।