अक्टोबर क्रान्तीको सय बर्ष नेपालमा पनि मनाईदै ।

0
375

कार्तिक २१ काठमाण्डौं । विश्वमा पहिलो समाजवादी क्रान्तिको शत्वार्षिकी मनाइएकै बेला नेपालमा प्रमुख वाम शक्तिको चुनावी तालमेल र एकतालाई सकारात्मक संयोग मानिएको छ ।

सन् १९१७ नोभेम्बर ७ मा सर्वहारा वर्गको नेतृत्वमा रुसमा क्रान्ति सफल भएको स्मरण गर्दै नेपालमा विभिन्न कार्यक्रम भइरहँदा नेपालका कम्युनिष्टको सहकार्यले समाज सुधारको पक्षमा उत्साह थपेको पाइएको छ ।

भ्लादिमिर लेनिनले अगुवाइ गरेको उक्त ‘महान् अक्टोबर समाजवादी क्रान्ति’ को सय वर्ष पूरा भएका अवसरमा नेपालका वैचारिक गतिविधि गर्न सोनाम साथीको संयोजकत्वमा अक्टोबर क्रान्ति शत्वार्षिकी समिति नेपाल गठन गरिएको छ ।

समितिको आयोजनामा मंगलबार काठमाडौंको भृकुटीमण्डपबाट शान्तिवाटिकासम्म पदयात्रा गरिनेछ । जर्मनीका दार्शनिक कार्ल माक्र्सले पहिलो पटक ‘कम्युनिष्ट घोषणापत्र’ बनाएको तथा उनले समाजको वैज्ञानिक वर्ग विश्लेषणसहित प्रकाशन गरेको ‘दास क्यापिटल’(पूँजी) नामक पुस्तकको उक्त कार्यक्रममा चर्चा गरिने भएको छ । यतिवेला चीनलगायत विश्वका धेरै मुलुकमा आ–आफ्नै प्रकारका समाजवादी व्यवस्था कायम छन् ।

शत्वार्षिकीकै सन्दर्भमा नेपाल वैकल्पिक अनुसन्धान समाजको आयोजमा कात्तिक २२–२४ गते नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।