२०८२ चैत्र ३० गते सोमबार
२०८२ चैत्र ३० गते सोमबार

इजरायल-इरान युद्धको भिडियो खिचेर अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन्।

इजरायल-अमेरिका र इरानबीच जारी युद्धपश्चात इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन र मिसाइलका फोटो तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्यका कारण यूएई प्रहरीले नेपालीहरूलाई नियन्त्रणमा लिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका छन् ।

परराष्ट्र मन्त्रालयले नागरिकहरूलाई फोटो, भिडियो खिच्न र सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको छ । यूएईले यसअघि नै त्यस्ता खालका सामग्री पोस्ट नगर्न चेतावनी जारी गरेको थियो।

यूएईको महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ। दोषी ठहरिएमा उनीहरू एक वर्षसम्म कैद भोग्ने र कैद भुक्तानपछि डिपोर्ट हुने प्रावधान छ। साथै एक लाख यूएई दिरामसम्म जरिवाना गरिने व्यवस्था रहेको छ।

जारी द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई)मा एक जना नेपाली नागरिकको दुःखद निधन भएको थियो। त्यस्तै, विभिन्न घटनामा परी २० जना नेपालीहरू सामान्य घाइते भएका छन्।

जसमध्ये १९ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने बाँकी एक जनाको अवस्था पनि सामान्य रहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने तयारीमा रहेको मन्त्रालयले जनाएको छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।