२०८३ कार्तिक १२ गते बुधबार
२०८३ कार्तिक १२ गते बुधबार

एनपीएल : दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो ।

जितका लागि पाएकाे १४६ रनकाे लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे।

सुदूरपश्चिमकाे जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जाेडे।यी दुबै ब्याटरले ७४ रनकाे साझेदारी गरे। 

पाेखराका धनन्जय लक्षन,सकिब अल हसन र मेहदि हसनले १/१ विकेट हात पारे।

 यसअघि कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनायाे।

जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनकाे याेगदान गरे।

सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।