२२ कात्तिक , जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा गृह मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजना भएको २ नं प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले जनताले निर्बाध रूपमा निर्वाचनमा मतदान गर्ने वातावरण निर्माणका लागि चाहिने आवश्यकताको परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जोखिममा पु¥याउने कुनै पनि गतिविधि हुन नदिन सबै सजग हुनु जरूरी छ बताए । उनले लोकतन्त्रको आधार निर्वाचन भएकाले जनताले इच्छा गरेकालाई मतदान गर्ने कार्यमा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले निर्वाचन सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्भीर हुनुपर्नेमा जोड दिए ।