२०८२ चैत्र ३० गते सोमबार
२०८२ चैत्र ३० गते सोमबार

पर्यटनमन्त्रीको कार्यकक्षमा मोबाइल निषेध, यस्तो छ कारण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री गनेस पौडेलको कार्यकक्षमा मोबाइल लिएर जान निषेध गरिएको छ ।

मन्त्री पौडेललाई भेट्न जाने केही व्यक्तिले उनीसँग खिचेको तस्वीरको आधारमा शक्तिको दुरुपयोग गर्न लागेपछि उक्त निर्णय लिनुपरेको सामाजिक सञ्जालमार्फत जानकारी गराइएको छ ।

‘मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजको मितिदेखि लागु हुनेगरी मन्त्रीको कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरिएको जानकारी गराउँदछु,’ मन्त्री पौडेलले स्टाटस लेखेका छन् ।

मन्त्रालय र अन्य स्थानमा भएका भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्वीरहरू प्रयोग गरी केही व्यक्तिले दुरुपयोग गरेको उनले मन्त्री पौडेलले जानकारी गराएका छन् ।

‘मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्दै विभिन्न सर्वसाधारण तथा सरकारी निकायहरूबाट अनधिकृत लाभ लिन प्रयास गरेको सूचना प्राप्त भएको छ,’ उनले भनेका छन्, ‘यसले मेरो तथा सचिवालय टीमको गम्भीर ध्यानाकर्षण गरेको छ ।’

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।