मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेको आलोचनाबीच गृहमन्त्री सुदन गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत “सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, तर सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो” भन्दै टिप्पणी गरेका हुन्।
यसअघि उनले “जन्मिँदा गरिब हुनु गल्ती होइन, तर मर्दा गरिब हुनु आफ्नै कमजोरी हो” भन्ने चर्चित भनाइ पनि साझा गरेका थिए।
युवा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक बहस र आलोचना सुरु भएको थियो। सोही सन्दर्भमा गृहमन्त्री गुरुङले फेसबुक स्टोरीमार्फत प्रतिक्रिया दिएका हुन्।









