सताक्षी गोल्डकपको दोस्रो संस्करण आज बाट सुरु हुदै ।

0
408

२८ कात्तिक, झापा । दोस्रो संस्करणको सताक्षी गोल्डकप आज बाट सुरु हुदै छ । प्रतियोगीताको सम्पूर्ण तयारी पूरा भएको छ ।आयोजक सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा सुरु हुन लागेको प्रतियोगिता अन्तरगत आज उद्घाटन खेल रमपम झापा ११ र पोखरा ११ बीच हुदै छ । प्रतियोगितामा रमपम झापा ११, नेपाल आर्मी, सशस्त्र प्रहरी, मनाङ मर्स्याङ्दी, मोरङ ११, चर्च ब्वाइज, रुपन्देही ११, भारतको डायमण्ड अफ फुटबल एकाडेमी, पोखरा११ र आयोजक सतासीधाम स्पोर्टिङ क्लब गरी १० वटा टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष रमेश लावतीले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाण(पत्र पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलार्इ नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।त्यस्तै, प्रतियोगितामा उच्च गोलकर्ताले २५ हजार, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट फरवार्डले २० हजार र हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।झिलझिलेको गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा हुने प्रतियोगिताको फाइनल मंसिर ७ गते हुनेछ ।