दशौँ दक्षिण एसिया आर्थिक सम्मेलन हुँदै ।

0
607

२८ कात्तिक , काठमाडौं । काठमाडौंमा आजदेखि दशौँ दक्षिण एसिया आर्थिक सम्मेलन हुँदैछ । दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा छलफल गर्ने उद्देश्यले सम्मेलन हुन लागेको हो । वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्टले संयुक्त रुपमा आयोजना गर्ने सम्मेलनमा दक्षिण एसियाली देशका दुई सय भन्दा बढीको सहभागिता हुनेछ ।

सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क का वाणिज्य मन्त्री, योजनाविद एवं अर्थशास्त्री तथा सार्कका पयर्वेक्षक राष्ट्रका विज्ञको सहभागिता रहने योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले जानकारी दिए ।तीनदिने सम्मेलनमा अन्तर क्षेत्रीय व्यापार सम्भावनाको खोजी, दिगो विकासका लक्ष्य, समावेशी विकास, मौसम परिवर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप जोखिम न्यूनीकरणजस्ता १८ विषयमा गहन छलफल हुने बताईएको ।