विद्यालय तहकै पाठ्यक्रममा मतदाता शिक्षा कार्यक्रम समावेश गर्नुपर्ने

0
283

काठमाडौं–पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मतदाता शिक्षा कार्यक्रमलाई विद्यालय तहको पाठ्यक्रममै समावेश गर्न सरकारलाई सुझाव दिएका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मत बदर हुन नदिन पनि विद्यालय तहकै पाठ्यक्रममा मतदाता शिक्षा कार्यक्रम समावेश गर्नुपर्ने पनि स्पष्ट पारे ।
गएको स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएको स्मरण गराउँदै उनले  त्यसो हुन नदिन विद्यालय तहमै मतदाता शिक्षासम्बन्धि पाठ्य सामग्री निर्माणमा जोड दिन ढिलाई गर्न नहुने पनि उल्लेख गरे ।
विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  आर्थिक प्रलोभनमा पर्ने मत रोक्न आम मतदाताको आर्थिक क्षमता विकास गर्नुको विकल्प नरहेको पनि बताए ।

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतिले नेपालमा आर्थिक अवस्था कमजोर भएकै कारण मतदाताहरु आर्थिक प्रलोभनमा पर्ने गरेको पनि स्मरण गराए ।