भारतीय अदालतको निर्णयका कारणा नेपालमा लोडसेडिङ बढ्न सक्ने ।

0
510

काठमाडौं, मंसिर ३ । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।यसको असर ढल्केबर(मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो ।

टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली त्यता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ ।भारतको पीटीसीसित नेपाल विद्युत् प्राधिकरणले महाकाली सन्धिअन्तर्गत निःशुल्क पाउने १२ देखि १६ मेगावाटबाहेक थप ३० मेगावाट बिजुली व्यापारिक तवरमा खरिद गर्ने सम्झौता गरेको छ ।तर, पीटीसीले टनकपुर विन्दुबाट नेपाललाई त्यहाँको श्री सिमेन्ट लिमिटेडबाट उत्पादित बिजुली दिएको थियो ।

भारतीय सर्वोच्च अदालतको आदेशसँगै शुक्रबार मध्यरातदेखि उक्त उत्पादन बन्द भएको र टनकपुरबाट आइरहेको ३० मेगावाट पनि ठप्प भएको प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए ।श्री सिमेन्टले पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्दै आएको थियो र उक्त सहउत्पादन (बाइ प्रडक्ट) पीटीसीसित विद्युत् खरिद सम्झौता (पीपीए) गरी नेपाललाई टनकपुर विन्दुबाट नेपाललाई दिँदै आएको थियो ।

त्यसैगरी, पेटकोकमा लागेको प्रतिबन्धबाट ढल्केबर(मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालले आयात गरिरहेको बिजुलीमा पनि असर पर्ने देखिएको छ ।उक्त प्रसारण लाइनबाट यस महिना नेपालले सय मेगावाट बिजुली आयात गरिरहेको छ, जसमध्ये २५ मेगावाट उही पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्ने श्री सिमेन्ट लिमिटेडकै उत्पादनबाट खरिद गर्ने सहमति छ ।नेपाललाई एनबीबीएन (एनटीपीसी विद्युत् व्यापार निगम) ले ढल्केबरबाट बिजुली निर्यात गर्दै आएको छ । अन्नपूर्णपोष्ट दैनिकबाट